शनिवार पाेखरामा ‘याेमरी’ प्रतियाेगिता

  • ख-
  • ख+

पाेखरा । नेवाः मिसा पुच कास्कीको आयोजनामा शनिबार पाेखराकाे नयाँबजारमा ‘योमरी’ प्रतियोगिता हुने भएको छ । प्रतियाेगिता संयोजक संगिता ब्रजाचार्यले नयाँ पुस्तालाई योमरीबारे जानकारी गराउन र नेवारी संस्कृति जोगाउन प्रतियाेगिता आयोजना गरिएको जानकारी दिईन् ।

योमरी प्रतियोगिताले नेवारी संस्कृतिको संरक्षण गर्ने उनको भनाई छ। ‘पछिल्लो समय योमरीको स्वादमा भिन्नता पाउँछौं ’, उनले भनिन्, ‘पहिलेको जस्तो नेवारी स्वाद आउँदैन, आजभोलि योमरीको स्वादमा बजारी स्वाद मिसिन थालेको छ ।’

याे प्रतियोगिताले समुदायबिच आत्मियता बढाउने नेवा मिसा पुच कास्कीकी अध्यक्ष मेनुका श्रेष्ठले बताईन् । ‘अहिलेको महामारीको समयमा एक खालकाे आत्मियता पनि बढ्छ सुरक्षा अपनाएर कार्यक्रम गर्दै छौं,’ उनले भनिन्,‘ युवा समुदायमा पनि योमरीबारे जानकारी हुन्छ ।’

प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमश: २ हजार ५ सय, २ हजार र १ हजार रुपैयाँ साथै उत्कृष्ट हुनेले ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अायाेजकले जनाएकाे छ ।

प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ वडाका मिसा पुच सहभागि हुँदैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्