ताल पारिको अनदु गाउँ र फेवाताल स्तुपा पदमार्गको अवलोकन

सागर ढकाल
  • ख-
  • ख+

पाेखरा । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीको टोलीले पर्यटन पदमार्गलाई व्यवस्थित गर्दै पर्यटकहरुको बसाइलाई लम्ब्याउने उद्देश्यले ताल पारिको अनदु गाउँ र फेवाताल स्तुपा पदमार्गको अवलोकन गरेकाे छ ।

पुरानाे गारेटाे बाटाे रहेकाे यस बाटाे पर्यटकीय हिसावले पदयात्राकाे लागि उपयुक्त पदमार्ग हाे । यस बाटाे पछिल्लाे समय सडक विस्तारले हराउँदै गएकाे अवस्थामा यसकाे स्तराेन्नति गरि पर्यटककाे बसाइ लम्व्याई सकिने विश्वास सहित यसका अवसर, सम्भावना र चुनाैतीकाे खाेजी गर्न पदयात्रासहित स्थलगत अवलाेकन गरिएकाे हाे

विश्व शान्ति स्तुपाबाट शुरु पदयात्रामा सहभागि गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल वस्यालले प्रकृतिसँगको सामिप्यता र नजिकबाट मनोरञ्जन लिन सकिने पदमार्ग भएकाेले यस पदमार्गको स्तराेन्नतिमा मन्त्रालयले सहकार्य गर्ने बताए । साथै उनले यस पदमार्गकाे स्तराेन्नतिकाे लागि प्रदेश सरकारले पहिलाे चरणमा ५० लाख रुपैयाँ विनियाेजन गरेकाे जानकारी गराए ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले ताल पारिको अनदु गाउँ र फेवाताल स्तुपा पदमार्गलाई थप व्यवस्थित गरी सुरक्षित पदयात्रा गराउन सकेमा पदयात्रीकाे संख्या बढ्ने सक्ने विश्वास व्यक्त गरे । ‘एक दिन भए पनि पाेखरामा पर्यटककाे बसाईँ लम्ब्याउन सकिने विश्वाससहित यस पदमार्गकाे स्तराेन्नतिकाे लागि टान गण्डकी लागिरहेकाे छ । यस पदमार्गमा कम्तिमा पनि ५/६ घण्टा पदमात्रा गरेर आनन्द लिन सकिन्छ ।’

पाेखरा २२ निवासी समाजसेवी एवं पर्यटन स्यवसायी प्रकाश गुरुङ लगायत लगायत उपस्थित अन्य स्थानीयहरुले स्तरिय पदमार्गकाे स्तराेउन्नति गर्न बजेटको अभाव भएको भन्दै सहयोगको लागि पर्यटनमन्त्री बस्यालकाे ध्यानाकर्षण गराएका थिए ।

पदयात्रामा टान गण्डकीकाे टाेलीसँगै पाेखरा २२ का जनप्रतिनिधि र स्थानिय गरि करिव २० जनाकाे सहभागिता रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्