पाेखरा । कास्की क्षेत्र नं १ (१)का प्रदेश सांसद युवा नेता दीपक कोइरालाले निर्वाचनमा जनतासँग गरेका कुरा पुरा गर्न आफुप्रतिबद्ध रहेको बता शुक्रबार लेखनाथमा वेगनास जल उपभोक्ता संस्थाको १५औं साधारण सभाको उद्घाटन गर्दे नेकपा माओबादी केन्द्रका नेता समेत रहनु भएका कोइरालाले उक्त प्रतिवद्धत्ता जनाएका हुन् ।

यस क्षेत्रको लोक प्रिय र विकास प्रेमीनेताको रुपमा परिचित कोइरालाले नेकपा फुटको असर विकासमा पर्न नदिने शुक्रबार पुन:दोहोर्याएका छन् । सांसद कोइरालाले रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा सम्बोधन गर्दा पनि विहिवार उक्त कुरा बताएका थिए।

बहुदलीय ब्यवस्थामा पार्टीहरु फुट्ने  र जुटने कुरालाई ठुलो रुपमा नलिन आग्रह गर्दे उनले आफु प्रदेश सांसद भएर आएपछि आफ्नो निर्वाचनलक्षेत्रमा जनताले महसुस गर्ने गरि कामहरु भएको बताए ।

लकडाउनको वेला पनि अन्य क्षेत्र ठप्प हुदा वेगनास क्षेत्रमा विकासको काम धमाधम भएको कोइरालाको भनाई थियो । बेगनास ड्याम ४५ सालमा निर्माण भएपछि हाल सम्म मर्मत पनि नभएको ड्याम पुननिर्माण भएको र अहिले बाधमाथी ढुङगा राख्ने काम पनि जारी रहेको बताए ।

कोइरालाले यस वर्ष लेखनाथ क्षेत्रमा वर्षाको कारण सिंचाई नहरहरु भत्केर धेरै नोक्सान भएकोले अहिले नै नहर कुलो मर्मतको लागि ४० लाख रकम भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत ब्यवस्था गरिएको र थप बजेट अर्को आर्थिक बर्षमा राख्ने प्रतिवद्धता समेत जनाए ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहेका कोइरालाले विकास हुनकोलागि जनप्रतिनिधि,जनता र कर्मचारीविच राम्रो समन्वय हुुनुपर्नेमा जोड दिदै जनताको साथ र सहयोग विना विकास असम्भव हुने बताए ।

कार्यक्रममा बोल्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले सिंचाईको क्षेत्रमा आफ्नो कार्यालय गर्ने कामको बारेमा जानकारी गराएका थिए ।

प्रदेश सरकारले पाँच बर्ष भित्रमा खेती योग्य जमिनमा आधारभूत सिंचाई पु¥याउने लक्षय सहित शुरु गरेका कामहरु अगाडि बढेको र अबको केही दिनमा बर्षाले क्षति पु¥याएको नहरहरुको मर्मत तथा पुननिर्माण शुरु हुने बताए ।

पोखरा महानगरपालिका वडानं ३२का वडाध्यक्ष अक्कल बहादुर कार्कीले सिंचाई क्षेत्रमा परेको अप्ठेराहरु प्रदेश सांसद दीपक कोइराला मार्फत हल गर्दे अगाडि बढेको बताए ।

प्रदेश मार्फत सिंचाई, मोटरेवल पुल र झोलुङगे पुल ,गण्डकी विश्वविद्यालय लगायतका थुप्रै योजना आफ्नो क्षेत्रमा परेको भन्दै कार्कीले सांसद कोइराला संग आफुहरुको मात्रै नभएर जनताको पनि ठुलो आस र भरोसा रहेको बताए ।

वेगनास जल उपभोक्ता संस्थाका सल्लाहाकार बासुदेव लामिछाने र धु्रव अधिकारीले वेगनास ताल क्षेत्रमा गरेको काम उदारणीय रहेको भन्दै बेगनासको ओभरफ्लोलाई घोतघोतेबाट सेतीमा खसाउने ब्यवस्था मिलाउन प्रदेश सांसदले पहल गरिदिनुपर्ने बताए ।

वेगनासकै पानीले अहिले बर्खामा धेरै क्षति पुगेकोले बर्षको २ महिना वेगनासको पानी सेतीमा फाल्ने ब्यवस्था हुनुपर्ने उनीरुको भनाई थियो ।

 कार्यक्रममा  वेगनास जल उपभोक्ता संस्थाले वडाध्यक्ष अक्कल बहादुर कार्की ,सेवा निवृत्त भएका कर्मचारी जगबहादुर पुन र समितिका झमबहादुर पुनलाई सम्मान पत्र सहित दोसल्हाले सम्मान गरिएको थियो ।

कार्यक्रम पुष्पराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्