आमा सधैं पिरैपिरमा पाइन बाबा देख्न
नसिकाउनु गुरु मलाई बालाई चिट्ठी लेख्न।
स्कुल आउँदा दोबाटोमा बाको सालिक देख्छु
चिठी होइन बरु मैले बाको कथा लेख्छु
मरे जिउदो पत्तो छैन कहाँ छ मेरो दाइ
म कसरी ठुली भए थाहा छ हजुरलाई ।
त्यो बेलामा पेटभरी खान पाको भए
बाको हात समातेर हिड्न पाको भए
मैले पनि पाउने थिए बाको माया देख्न
मैले पनि सक्ने थिए बालाई चिठी लेख्न।
लेखक : सुरज उपाध्याय