पोखरामा २० र २१ गते हुने राष्ट्रिय रेस्लिङमा पोखराका युवराज पनि भिड्ने

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । पोखरामा यही चैत्र २० र २१ गते हुने राष्ट्रिय रेस्लिङ प्रतियोगितामा पोखराका व्यवसायिक रेस्लर युवराज पनि भिड्ने भएका छन ।

नेपाल रेस्लिङ संघले पोखरामा दोस्रो पटक गर्न लागेको रेस्लिङ च्याम्पियनशिपमा उनले सहभगिता जनाउने भएको हो ।

उनलाई प्रतियोगिताको बलियो प्रतिस्पर्धीको रुप हेरिएको छ । व्यवसायिक रुपमा खेल क्षेत्रमा लागेका उनले रेस्लिङ खेल विकासमा निरन्तर लागिरहेका छ्न ।


पोखरा रंगशाला भित्र रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुन गई रहेको प्रतियोगितामा पोखराका युवराज संङै नुवाकोटे टाईगर,थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर लगायतका व्यवसायिक ३५ रेस्लरहरुले उपाधीको लागि प्रतिस्पर्धा गर्ने छ्न ।

दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिताको प्रवेश शुल्क १ सय र २ सय तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा च्याम्पियन हुने रेस्लरले नगद रु १ लाख नगद सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु।५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्