बहुप्रतिष्ठित आहा ! रारा गाेल्डकप शनिबारदेखि,तयारी पुरा

  • ख-
  • ख+

बालकुमारी पौडेल/पाेखरा । मोफसलकै बहुप्रतिष्ठत राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप २०७७ फुटबल प्रतियोगिता आउदो शनिबार अर्थात चैत २१ गतेदेखि संचालन हुने भएको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौ,पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ” भन्ने उद्धेश्यका साथ आयोजना हुन गई रहेको प्रतियोगिताबाट बचत रकम सहारा फुटबल एकेडेमी संचालनार्थ खर्च गरिने जनाएको छ ।

सहारा एकेडेमी संचालनको मुख्य स्रोत नै यस प्रतियोगिता भएकोले सबै खेलप्रेमिहरुलाई सहयोगको लागि आयोजकले अपिल समेत गरेको छ ।

साहारा क्लबको आयोजनामा हुने प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमले क्रमश नगद १० लाख १ हजार र ५ लाख १ हजार प्राप्त गर्ने बिहिबार प्रत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

क्लब स्थापना भए देखि क्लबको उन्नति एवं वृद्धि विकासमा महत्वपुर्ण योगदान पु¥याएका स्व.सुर्य बहादुर के.सीको सम्मानमा सुर्य बहादुर के.सी मेमेरियल वेष्ट गोलकिपर,वेष्ट डिफेन्डर,वेष्ट मिडफिल्डर,वेष्ट स्ट्राईकर, र वेष्ट कोच अवार्ड एंव जनही २५÷२५ हजार प्रदान गरिने बताएको छ ।

यस प्रतियोगिताको आकर्षको रुपमा रहको निर्णायक ट्रफी,वेष्ट अफ फाईभ ट्रफी,मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगायत म्यायन अफ दि म्याच यथावत रहने सो को सहयोग सहारा यू.केले गर्ने जनाएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ ले एक जना राष्ट्रिय खेलाडीलाई ३५ हजार नगद ,प्रमाण पत्र र दोसल्लाले सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पहिलो संस्करण देखि नै मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लिको उत्पादन रारा तयारी चाउचाउ नै यस पटक पनि मुख्य प्रायोजक रहने जनाएको छ ।

गोर्खा ब्रुअरी प्रा.लिको उत्पादन सानमिगल,पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि, सह प्रायोजक,एजुकेशन पार्टनर प्रायोजक हिमा यस एजुकेशन कन्सेल्टेन्सी,सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, सह उप प्रायोजक चरक मेमोरियल हस्पिटल प्रा.लि अफिसियल बैंक लुम्बनी विकास बैंक,आफिसियल स्र्पोट वयर पार्टनर एक्स टेप, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक,सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा.लि रहने छन् ।

अफियिल एयरलाईन्स बुद्ध एयर, अफिसियल ड्रिकिङ्ग पानी प्यूरो पानी,अफिसियल फुड डेलिभरी पार्टर फुड्माण्डु,अफिसियल ईन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड रहेको छ ।

प्रतियोगिताको लागि प्रदेश सांसद राजिव गुरुङबाट ५० हजार,समाजसेवी कानुन व्यवसायी एंव सहारा क्लब हङ्गकङ सल्लाहकार देव गुरुङ बाट ५० हजार १ सय नगद सहयोग प्रात्त भएको आयोजकले जनाएको छ ।

सिताज, एल.जी.टि.भी,होटल ब्लु म्याग्नेट, होटल डेला माउण्ट,मुग्लान रेष्टुरेण्ट एंव बार, वल्ड लिंक, गुडविल स्र्पोट्स,मेन्ला इन्टरप्राइजेज, नेपाल उद्योग वाणिज्य महासंघ गण्ठकी प्रदेश,खेलकुद परिषद,अखिल नेपाल फुटबल संघ,पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास सिमिति,जिल्ला खेलकुद विकास समिति कास्की,कास्की जिल्ला फुटबल संघ,सहारा यू.के,सहारा क्लब हङ्गकङ,सहारा क्लब अष्ट्रेलिया समेतको विशेष सहयोग,पोखरा महानगरपालिका साथ र संयोजन रहने छ ।

प्रतियोगिताको क्वाटर फाइनल १ सय पचाँस, सेमिफाइन २ सय र फाइनल खेलको लागि ३ सय टिकटको मूल्य रहेको छ । प्रतियोगिता अवधिभरका लागि सिजनल टिकट २ हजार कायम गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्