
पोखरा । पत्रकार दीपेन्द्र श्रेष्ठ र प्रतीक्षा काफ्ले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीबाट सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल बाहिनी (गण्डकी प्रदेश)को २४औँ सशस्त्र प्रहरी दिवस २०८१ काे अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानपत्रसहित दोसल्ला ओडाएर सशस्त्र प्रहरी गण्डकी प्रदेश प्रमुख (मुक्तिनाथ बाहिनीका बाहिनीपति) कुलबहादुर नेम्बाङ्गले सम्मान गरेका थिए। सामुदायिक सुरक्षा सचेतना र सशस्त्र प्रहरीको उद्धार कार्यमा पुर्याएको योगदानका कारण श्रेष्ठ र काफ्लेलाई सम्मान गरिएको हो। समाचारका माध्यमबाट जनता र सशस्त्र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन उत्कृष्ट भूमिका निर्वाह गर्नुका साथै विपद् प्रतिकार्य एवं उद्धार समाचार संकलन तथा प्रकाशन गरी संगठनको छवि उच्च बनाएको भन्दै सम्मान गरिएको थियो।
यसै अवसरमा पोखराका मेयर धनराज आचार्य, मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, र पोखरा भ्यालिटेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रवन्धक विष्णुबहादुर लामिछानेलाई पनि विभिन्न विधामा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ।
सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने कालिका गण, कास्की कार्यसम्पादनका आधारमा यो वर्षको उत्कृष्ट गण घोषित भएको छ। साथै, गणपति एसपी अरुण कुमार शर्माले प्रतिष्ठित “एपिएफ आईजी कमेण्डेसन मेडल” प्राप्त गरेका छन्।