युनाईटेड क्लवद्वारा शान्ति वालगृहमा खेलकुद सामाग्री वितरण

  • ख-
  • ख+

पोखरा ।युनाईटेड क्लवको साताब्यापी कार्यक्रम अन्तर्गत शान्ति वालगृहमा खेलकुद सामाग्री वितरण गरिएको छ । क्लवको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन शनिवार पोखरा १७ रातो पैरोमा रहेको शान्ति बाल गृहमा आश्रित वालवालिकाहरुलाई खेलकुद सामाग्री प्रदान गरिएको हो ।

सो अवसरमा वोल्दै क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले खेलकुद क्षेत्रमा लागे कहिल्यै हार नहुने वताउदै पढाइ सङ्गै खेलकुदमा लागेर स्वस्थ्य जिवनयापन गराउन वालवालिकालाई आग्रह गरे ।

त्यस्तै वालगृहका सञ्चालक विनोद कुमार नेपालीले शान्ति बाल गृहमा रहेका वालवालिकालाई खेलकुद सामाग्री वितरण गरेरलपुण्य काम गरेको वताए । शिक्षा , स्वास्थ्य , खेलकुद पर्यटन जस्तो क्षेत्रमा काुम गर्दै आईरहेको क्लवले जसलाई जे आवश्यक पर्छ त्यहि सामाग्री वितरण गर्ने काम गर्नु आफैमा श्रहानिय काम भएको समेत वताए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिएभने क्लवका सदस्य तथा कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव शान्त वहादुर थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्