व्यवसायीको माग सम्बोधनका लागि अध्यादेश: मुख्यमन्त्री

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा काँग्रेस र एमालेको सरकार बनेको बताउनुभयो । सरकारमा स्थायित्व भएकाले व्यवसायीक हकहितका लागि अध्यादेश ल्याएको पनि उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आठौं प्रदेश सभाको पोखरामा उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रको संर्वद्धन र प्रवद्र्धनको लागि अध्यादेश ल्याएको बताउनुहुदै व्यवसायीलाई लगानीमैत्री वातावरण सृजना भएको दाबी समेत गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले निजी क्षेत्रको सम्बद्र्धन र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि व्यवसायीको आवश्यकताअनुरुप कानून ल्याउन र भएका कानूनसमेत संशोधन गर्न तयार रहेको बताउनुभयो ।

गण्डकी प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्न र लगानीको पूर्ण सुरक्षा गर्न पनि सरकार तयार रहेको बताउनुभयो ।उहाँले लगानीको सुरक्षा र सुनिश्चितता तथा लगानीकर्ताको प्रतिफलका लागि सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

 

उहाँले प्रदेश सरकारले पुँडिटार र लोकाहाखोलामा औद्योगिक ग्राम संचालनमा ल्याउने बताउनुहुदै प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई जोड दिएको बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य सरस्वती अर्यालले व्यवसायीका साझा एजेण्डा सम्बोधन गरी अगाडि बढाएमा प्रदेश सरकारले छलफल गरी पूरा गर्ने आश्वासन दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पाथिभरामा केबलकार निर्माणमा भएको अवरोधले निजी क्षेत्र लगानी गर्न तर्सिएको बताउनुभयो । त्यसैगरी,महासंघका अर्का उपाध्यक्ष सुरथकृष्ण वैद्यले बैंकले व्याज घटाए पनि पुराना ऋणीको ब्याज घट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयोे।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र अझै गतिशील हुन नसकेको बताउँदै सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि मुलुकको आर्थिक सूचक सन्तोषजनक नभएको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरणको विधेयक पास हुन नसक्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रत्याभूति हुन नसक्दा मुलुकको आर्थिक स्थिति धराशयी बन्न सक्ने बताउनुभयो ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले निजी क्षेत्र अप्ठेरो अवस्थामा परिरहँदा अन्य क्षेत्र पनि प्रभावित भएको बताउनुभयो ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटामात्र निर्णयले विश्वको आर्थिक बजारमै हलचल आएको बेला राजनीतिक क्षेत्रबाट गरिने निर्णयमा विचार पु¥याउनुपर्नेमा सुझाव दिनुभयो ।कार्यक्रममा उत्कृष्ट जिल्ला नगरमा गैंडाकोट र एसोसिएटमा सूर्य नेपाल प्रालिलाई मुख्यमन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, महासचिव सूर्य भुजेल, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, महिला उद्यमी सीता गुरुङ लगायत उद्योगी व्यवसायीले उद्योग व्यवसाय र लगानी प्रवद्र्धनबारे बोल्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्