कपिलस्तुको सिङ्गाे गाउँमा भीषण आगलागी, करिब ४० भन्दा बढी घर नष्ट

  • ख-
  • ख+

काठमाडौँ, २१ चैत । कपिलवस्तुको गुगौलीको पुरै गाउँमा भीषण आगलागी भएको छ ।

विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा केही समय अघि आगलागी भएको हो । आगलागीले त्यहाँका बाक्लै रहेका फुसले छाएका करिब ४० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म मानवीय क्षतिको विवरण नआए पनि ४० भन्दा बढी घरहरु जलेको त्यहाँको प्रहरीले अनुमान गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्