तीनकुने घटनामा सरकारप्रतिको दमन निन्दनीय– राप्रपा नेपाल अध्यक्ष थापा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनामा सरकारको दमन निन्दनीय भएको बताउनु भएको छ । आज र भोलि पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा आज पोखरा आउनु भएको अवसरमा स्वतन्त्र नेपाली नागरिक समाजको रिले अनसनमा ऐक्यवद्धता जनाउँदै उक्त कुरा बताउनु भएको हो ।

राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको मुद्दा उठाउँदै आउनु भएका अध्यक्ष थापाले जस्तोसुकै संकटकालको अवस्थामा पनि देशमा भइरहेको यो भ्रष्ट अवस्थालाई नफाली देशमा सुशासन कायम हुन नसक्ने बताउँदै यसमा सबैले आ–आफ्नो स्थानबाट साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

तिनकुने घटनामा सरकारको दमनका कारण घटना घटेको बताउँदै शान्तिपूर्ण आन्दोलनमा सरकारको दमन निन्दनीय रहेको र यसको स्वच्छ छानविनको लागि सरकारसँग जोडदार माग गर्नुभयो । साथै उक्त घटनामा पक्राउ परेका राष्ट्रवादी नेता डा.धवल शमशेर राणा, रविन्द्र मिश्र, दुर्गा प्रसाई लगायतका कार्यकर्ताहरुलाई विनाशर्त रिहाइको माग गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्