उपप्रधानमन्त्री सहित ५ मन्त्रालयको नेतृत्व गर्नेगरि सरकारमा जाँदै जसपा

  • ख-
  • ख+

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर-राजेन्द्र महतो समूह केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा सहभागि हुने भएको छ।

सरकारमा सहभागी हुनेबारे अहिले बालुवाटारमा निर्णायक छलफल जारी रहेको बताइएको छ।

बालुवाटार स्रोतका अनुसार जसपाबाट ५ जनाले मन्त्री पद पाउने छन्।

नेता राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ। सम्भव भए आजै मन्त्रीहरुले सपथ लिने तयारी छ।

जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव पर्सा र अनिलकुमार झा मन्त्री बन्न लागेका हुन।

महतो बाहेक अन्यले कुन कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्नेबारे छलफल जारी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्