भारतिय सेनामा नेपाली महिलालाई पनि भर्ति खुल्याे (यस्ता छन् मापदण्ड)

  • ख-
  • ख+


पाेखरा । भारतिय सेनामा भर्ति हुन चाहने नेपाली महिलाहरुका लागि पनि भर्ति खुलेकाे छ । हालै भारतीय सेनाले आफ्नो वेभसाईट मार्फत महिला मिलिटरी पुलिस पदका लागि नेपाली महिलाहरुलाई समेत भर्ना लिने जानकारी गराएकाे हाे ।

उक्त पदका लागि एक सय जना महिलाकाे आवेदन माग भएकाे छ । जसमा नेपाली महिलाले समेत अावेदन दिन सक्नेछन् । तर कति संख्यामा नेपाली महिलालाई भर्ति लिईने भन्ने सुचनामा खुलाईएकाे छैन् ।

भर्ति हुन चाहने महिलाहरुले भारती सेनाको वेबसाइट joinindianarmy.nic.in मा गएर अनलाईन आवेदन दिन सक्नेछन् । अावेदन दिने अन्तिम म्याद आगामी जुलाई २० तारिखसम्म रहेकाे छ ।

भारतीय आर्मीले पहिलो पटक नेपाली महिलाहरुलाई पनि आर्मीमा भर्ति गर्ने भएको हाे ।

आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारका सदस्यबाट भने ३० वर्षसम्मकाले आवेदन दिन पाउनेछन् ।

कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने योग्यता तोकिएको छ ।

शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ ।

यी सबै प्रक्रिया पुरा गर्नुअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइने जानकारी दिइएको छ । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्ने बताइएको छ ।

भारतको अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने र अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान जानकारी गराइने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्