पोखरा महानगरकाे खेलकुद विकास समितिको सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवास खड्का

  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुबास खड्का चयन भएका छन् ।

उनलाई साेमवार बसेको कार्यापालिको बैठकले सचिवमा नियुक्त गरेको हो ।

२०६१ सालदेखि खेलकुद क्षेत्रमा लागेका खड्का राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक, नेपाल रग्बी संघका कास्की जिल्ला अध्यक्ष, मुआथाईका राष्ट्रिय रेफ्रि हुन ।

उनले प्रशिक्षण गराएका खेलाडीले राष्ट्रिय, अन्तराष्ट्रिय पदक जितेका छन् ।

आठौं राष्ट्रिय खेलामा खड्का गण्डकी प्रदेशका फुलकन्ट्याका प्रशिक्षक पनि थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा ४ खेलाडीले विभिन्न तौल समूहमा गोल्ड मेडल जितेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्