“उपभाेक्ताकाे हितमा प्राधिकरण” : पाेखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बरनवाल

  • ख-
  • ख+


पाेखरा । नेपाल विद्युत प्राधिकरण पाेखरा वितरण केन्द्र मालेपाटन शाखाका प्रमुख ऋषिकुमार बरनवालले विद्युत प्राधिकरण उपभाेक्ताकाे हितमा रहेकाे बताएका छन् ।

उनले राज्यबाट पाउनु पर्ने सेवा सुविधाबाट कुनै पनि उपभाेक्ता बन्चित हुन नपराेस भन्नका लागि आफुहरुले सधैं नै उपभाेक्ताकाे हितमा काम गर्ने बताएका हुन् ।

सिटिपाेखरा डट कमसँगकाे कुराकानीमा उनले भने:”घरहरु बढेजस्तै प्राधिकरणकाे संरचना पनि बढ्नुपर्छ तर गत वर्ष काेभिड १९ काे कारण वजेट न्यून भयाे । जसका कारण हामीले काम त गर्याै तर केहि कामहरु साेचेअनुरुप गर्न सकियन् । ती कामहरु हामीले चालू आर्थिक वर्षमा पुरा गर्छाै ।”

शहरमा जस्तै ग्रामिण भेगमा पनि लाइनकाे समस्या बढि आएकाे देखिन्छ तर शहरका समस्या चाडै समाधान हुन्छन् ग्रामिण भेगका समस्या समाधानमा ढिलासुस्ति भएर महिनाै दिनसम्म पनि उपभाेक्ता अन्धकारमा बस्न बाध्य हुन्छन् किन ? भन्ने प्रश्नमा उनले सम्वन्धित ठाउँका स्थानिय निकायहरुले प्राधिकरणसँग समन्वय नगर्नाकाे कारण समस्या आएकाे बताए । उनी भन्छन्:- हामीलाई जानकारी भएसम्म हामीले आईपरेका समस्याहरु समाधान गर्छाै तर विना जानकारी हामीले पनि केही गर्न सक्दैनाैं । जिम्मेवार निकाय प्राधिकरणसँग समन्वय गरेर गरेका काममा कुनै ढिलासुस्ति र बाधाअड्चन आउदैन्  ।”

प्राधिकरणसँग समन्वय नगरी आफुखुसी गरेका काममा विचमा एक्कासी जानकारी पाउँदा आफुुहरुलाई पनि नियम संगत रुपमा वजेट छुट्याएर उनीहरुकाे माग तत्कालै सम्बाेधन गर्न  गाह्राे हुने उनकाे भनाई छ । “जसकाे प्रत्यक्ष मारमा उपभाेक्ता परेका हुन्छन् । तर प्राधिकरणले काम नगर्ने भन्ने हुदैन् । ढिलाे चाडाेकाे कुरा मात्र हाे ।”-बडवाल भन्छन् ।

उनले पछिल्लाे समय धेरै जसाे कामहरु र  विद्यार्थीहरुकाे पढाइ समेत अनलाईनबाट हुने हुदा विशेष परिस्थिति बाहेक विहान १० वजेदेखि दिउँसाे २ वजेसम्म लाईन नकाट्न निर्देशन दिएकाे समेत बताए ।

कहि कतै समस्या आयर लाइन बनाउने क्रममा लाइन काट्नुपर्ने स्थिति भएमा साेसल मिडिया तथा अनलाइनबाट जानकारी दिने गरेकाे उनकाे भनाई छ ।

यस्तै अर्काे प्रशंगमा बनरवालले प्रतिमहिना अधिकतम २० युनिटसम्म विद्युत खपत गर्ने  उपभाेक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारकाे याेजनामा विद्युत प्राधिकरणकाे बाेर्डबाट निर्णय भएपछि मात्र कार्यान्वयनमा आउने जानकारी दिए ।

साथै काेभिड १९ काे दाेस्राे लहरका कारण मर्कामा परेका हाेटल व्यवसायी तथा अन्य व्यापारीहरुकाे लागि कार्यविधि अनुसार डिमाण्ड छुटकाे व्यवस्था गरिने उनकाे भनाई छ ।

यस्तै सेवाग्राहीकाे गुनासाे सुन्ने र लाइनबारे जानकारी दिने टेलिफाेन नम्वरहरु (061-520031 /061-520031) मा प्राधिकरणका कर्मचारीले राम्राे रेस्पाेन्स नगर्ने, सहि जानकारी नदिने जनगुनासाेलाई बनरवालले प्रेसरकाे अफिस भएकाेले एउटा सेवाग्राहि फाेनमा बाेलिरहदा अर्काेले फाेन गर्दा व्यस्त हुने साथै कहिलेकाँहि एउटै कर्मचारीले एकै पटक दुई तीन वटा फाेनमा कुराकानी गर्न नमिल्ने अवस्था आएकाे हुन सक्ने बताए । उनले थपे ” गुनासाे सुन्ने क्षेत्रमा कहिलेकाही म आफै पनि बसेर निगरानी गरिराखेकाे हुन्छु, म आफैले पनि फाेन उठाउने गर्छु।”

यदि कुनै कर्मचारीले सेवाग्राहिलाई राम्राे रेन्पाेन्स गर्दैनन  भने, प्राधिकरणकाे नियमअनुसार कारवाहि पनि गरिने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्