युवा बौद्ध संघको रजत जयन्ती तथा २६ औं बार्षिक उत्सव सम्पन्न

  • ख-
  • ख+

पोखरा । युवा बौद्ध संघ नदीपुर पोखराले रजत जयन्ती एंव २६ औ बार्षिक उत्सव  समारोह शनिबार सम्पन्न गरेको छ ।

संघका अध्यक्ष सुदिप प्रधानाङ्गको सभापत्विमसम्पन्न भएको समारोहको मुख्य अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास माननीय मन्त्री कुमार खड्का रहेका थिए ।

प्रमुख अतिथि मन्त्री खड्काले युवा बौद्ध संघले समाजमा रचनात्मक कार्य गर्दे आई रहेको बताउदै आफु सानो छदाँ युवा बौद्ध संघले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागिता भएर प्रथम समेत भएको स्मरण गरे । सोही अवसरमा मन्त्री खड्काले स्मारिका विमोजन गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्य,भूपु अध्यक्षहरु प्रकाश उदास,विक्रम बुद्धाचार्य,रञ्जन बुद्धाचार्य,विनोद शाक्य,विमल उदास,सन्देश उदास,राकेशमान बुद्धाचार्य,सकेन्द्र ताम्राकार तथा अध्यकोषदाताहरु इच्छामान बुद्धाचार्य,प्रविण बुद्धाचार्य,सरीता गुभाजु लगायतलाई सम्मान गरिएको थियो ।

धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकार,उद्योग वाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोर्कण कार्की,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतमान उपकुलपति डा.बुद्धि बहादुर थापा,नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी,पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु,संस्थापक अध्यक्ष एंव स्मारिका संयोजक उत्तममान बुद्धाचार्य,भुपू अध्यक्ष विमल उदास,उपाध्यक्ष डा.विनिता बज्राचार्य,सह–सचिव सुमन शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा संघका अध्यक्ष सुदिप प्रधानाङ्गले धर्म शीला बुद्ध विहार निर्माण सहयोगार्थ समितिका अध्यक्ष भरत राज शाक्य र दायक सभाका अध्यक्ष गोविन्द ताम्राकारलाई ५ लाखको चेक हस्तान्तरण गरेको थिए ।

धर्मशीला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तोले पञ्चशील प्रदान गरेको सो कार्यक्रममा अध्यक्ष सुदिप प्रधानाङ्गले स्वागत मन्तव्य र कार्यक्रम संचालन सचिव कमला थापाले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्