सराङ्गकोट सहकारीकाे अध्यक्षमा कृष्ण थापा

  • ख-
  • ख+

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समितिको सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा वसन्त बहादुर बानिया, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा रहेका छन् ।

सञ्चालक सदस्यहरुमा रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेर बहादुर थापा, बुद्ध गुभाजु, विकल पौडेल र तारा थापा, लेखा समिति संयोजक शिवबहादुर बानिया, शिव बहादुर थापा, मनहरी भण्डारी रहेका छन् ।

वि.सं. २०६३ मा स्थापित सहकारीले रेडियो सराङ्गकोटको सञ्चालन, बचत तथा ऋण मार्फत ४४ करोड लगानी, ५२ करोड बचत, सहित मुनाफा १ करोड ६० लाख गरेको छ ।

सो साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार शहरी विकास तथा सामाजिक मन्त्री कुमार खड्काले सहकारी गतिविधि मार्फत आम समुदायले आर्थिक कारोबार सहज बनाएको बताए ।

सहकारीमा सदस्यता विवादमा बैंकमा जति खाता खोले पनि हुने, सहकारीमा व्यक्तिको पहुँचमा किन कडाई भन्दै मन्त्री खड्काले यसलाई उचित नियम बनाई सबैको सहज हुने कार्य हुनुपर्ने बताए ।

रेडियोका प्रबन्ध निर्देशक कमलनयन गौतमले रेडियो मार्फत सेवामुखी सामाजिक कार्यहरु गरिने बताए । पूर्व अध्यक्ष शुसिलराज पराजुलीले संस्थामार्फत भएका गतिविधिले आम समुदायलाई फाइदा पुगेको बताए ।

सल्लाहकार सोभियतबहादुर अधिकारीले संस्था सँधै सकृय रहनु सबैलाई समेट्नु महत्वपूर्ण रहेको बताए ।

संस्थाका अध्यक्ष प्रेमबहादुर जिसिको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार इन्द्रकमल मानन्धर, निर्वाचन संयोजक चिन्तामणि बाँस्तोला, गणेशबहादुर अधिकारी, सम्मानित व्यक्तित्व हेडम्बराज पराजुली, सल्लाहकार दुर्गाबहादुर सुनार, उपाध्यक्ष वसन्तबहादुर बानिया, सचिव कृष्ण थापा, कोषाध्यक्ष मिनबहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र थापा, ऋण समिति संयोजक रामचन्द्र थापा, शिक्षासमिति संयोजक विकल पौडेल, महिला समिति संयोजक आरती श्रेष्ठ, सञ्चालक सदस्य रमेशकुमार थापा लगायतले संस्थाको विविध गतिविधिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाको विकास तथा सामाजिक क्षेत्रमा पु¥याएको कदरस्वरुप समाजसेवी सम्मान हेडम्बराज पराजुली, कर्मचारीतर्फ शुसिला परियार, डोल्मा तामाङ्ग, कारोबारतर्फ ध्रुवकुमार सुनचौरी र मौना परियार दर्जीलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्