घरेलु डर्विमा क्यासल विजयी

  • ख-
  • ख+

पोखरा। राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न सफल भएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए । सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । यस्तै किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । जितसंगै क्यासलको ७ खेलबाट १९ अंक रहेको छ ।

सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । सविनको उत्कृष्ट ३ प्रहारमा पोष्ट बाधक बनेको थियो । हार पश्चात प्रशिक्षक राजेन्द्र तामाङले केही खेलाडीले भने अनुसार नखेलेको प्रतिक्रिया दिए । उनले क्यासल विरुद्धको खेल निकैनै प्रतिस्पर्धात्मक रहेको बताए ।

सविनको भने ७ खेलबाट १० अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु पहिलो स्थानका लागि खेल्ने बताए । खेलको म्यान अफ दि म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए ।

यस्तै शंखमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले भने अंक बाडेका छन् । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो खेलमा शंखमुल र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै १÷१ अंक बाडेका हुन् । शंखमुलको कुल ७ खेलबाट १५ अंक रहेको छ । खेलमा शंखमुलले अग्रता लिएपनि जित हात पार्न भने सकेन् । खेलको ८ औँ मिनेटमा क्रिजल खड्काले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा भने मछिन्द्रले गोल गर्दै बराबरी ग¥यो ।

२२ औँ मिनेटमा आशिष सुनमले गोल गर्दै बराबरी गरे । २७ औँ मिनेटमा अरुज सिंहलेले टोलीका लागि दोस्रो गोल गरेपनि मछिन्द्रका मिसोन गुरुङले ३० औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच शंखमुलका अरुज सिंह घोषित भए ।

शुक्रवारको अन्तिम खेलमा प्रभातफेरीले झरना युथ क्लबलाई ७–३ गोल अन्तरले हराएको छ । प्रभातफेरीको जितमा सिजन गुरुङले २ तथा धिरज जोशी, श्रीजेश पुरी,अखिलेस कार्की, नविन लामा र शान्ता लामाले एक–एक गोल गरे । झरनाका लागि प्रेम छन्त्याल र कप्तान जितेश गुरुङले गोल गरे ।

१ गोल भने झरनाले उपहार स्वरुप पायो । प्रभातफेरीका श्रीजेश पुरीले आत्मघाति गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका नविन लामा घोषित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्