नमुना सहकारीकाे अध्यक्षमा केदारनाथ न्याैपाने

  • ख-
  • ख+


पाेखरा । नमुना बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा केदारनाथ न्याैपाने चयन भएका छन् ।

संस्थाकाे आज सम्पन्न २२ आैं साधारणसभाले
न्याैपानेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

संस्थाकाे उपाध्यक्ष महेन्द्र कुमार गुरुङ, सचिवमा नवराज पहारी, कोषाध्यक्ष हेमकुमार श्रेष्ठ, सदस्यहरूमा एकराज न्यौपाने, शिव बराल र माया कुँवर चयन भए । यस्तै लेखा समितिको संयोजकमा विश्वराज पौडेल, सदस्यहरू हेमप्रसाद तिमिल्सिना र देवी श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन भएका छन् ।

पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालको प्रमुख आथित्यमा भएको कार्यक्रममा हरीप्रसाद पौडेलले संस्थाकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गेहेन्द्र कोइराला,पुण्यप्रसाद पौडेल,सुष्मा बराल लगायतले शुभकामना मन्तव्य राखेकाे कार्यक्रममा स्वागत महेन्द्र गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्