अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

  • ख-
  • ख+

पोखरा । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । .

अन्नपूर्ण गाउँपालिका १ कास्की नागडाडामा स्थित अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार प्रथम साधारण सभा सम्पन्न भएको संस्थापक अध्यक्ष सुजन अधिकारीले जानकारी दिएका छन् ।

गाउँपालिका सरकारी विभाग प्रमुख ठाकुर प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको सभा गत शनिबार संस्थापक अधिकारीको अध्यक्षतामा उद्घाटन भएको थियो ।

तिनदिनसम्म चलेको अधिवेशन आज बुधबार सम्पन्न भएको हो । गत आर्थिक वर्ष ७७/७८ मा संस्था दर्ता भईआधिकारिक  रूपमा संचालन भइआएको सहकारीमा  हालसम्म २ सय १८ जना शेयर सदस्य छन् ।

संस्थाले गत आर्थिक वर्ष ०७७-७८ को शेयर लाभंश बापत प्रति शेयर ५% का दरले सेयर लाभांश वितरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्