गण्डकी प्रदेश प्रथम पारा खेलकुद सम्पन्न

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८ सम्पन्न भएको छ ।

दुई दिने प्रतियोगितामा शनिवार ६ विभिन्न खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न ह्विल चियर बास्केटबलमा पोखरा निलो विजयी भएको छ । पोखरा निलोले पोखरा रातोलाई २२–११ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै पोखरा निलोले नगद १२ हजार र उपविजेताले पोखरा रातोले नगद ८ हजारका साथम ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ह्विल चियर प्रतियोगितामा पोखरा निलोका हर्क बहादुर खत्री उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै बहिरा व्याडमिन्टन एकल पुरुषतर्फ सिजन हिराचन प्रथम, किरण अधिकारी द्वितिय र किसान तामाङ तृतिय भएका छन् । त्यस्तै महिलातर्फ ज्योत्सना गुरुङ प्रथम, लक्ष्मी भण्डारी द्वितिय र सन्तोषी वुढाथोकीले तृतिय स्थान प्राप्त गरीन् ।  बहिरा व्याडमिन्टनमा महिला र पुरुष गरी २० जना खेलाडीको सहभागिता रहेको थियो । प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुे जनही क्रमश नगद रु ३ हजार, २ हजार ५ सय र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

मनोसामाजिक अपाङ्गताका लागि म्यूजिकल चियरतर्फ भएको प्रतियोगितामा देवी मायाँ गुरुङ प्रथम, सोनु गुरुङ द्वितिय र माया फेसेङ तृतिय भइन । अप्टिजम अपाङ्गताका लागि भएको दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय क्रमश सोफिया ओली, सुभान गुरुङ र आरोही गुरुङ भएका छन् । विजेताहरुले मेडल र प्रमाणपत्रका साथमा जनही क्रमश नगद रु ३ हजार, २ हजार ५ सय र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भएको वौद्धिक अपाङगताका लागि ५० मिटर दौड महिलातर्फ ऋतु गुरुङ, हिमानी गुरुङ, हेलेना श्रेष्ठ क्रमश पहिलो, दोश्रो र तेश्रो भए । सोही विद्यातर्फ १०० मिटर दौड महिलामा दिपशिखा श्रेष्ठ, दुर्गा कोइराला, प्रिज्मा गुरुङ, पहिलो, दोश्रो र तेश्रो हुँदा १०० मिटर पुरुष दौडमा प्रवेश गुरुङ, नितेश सिञ्जाली र आशिष खत्री पहिलो, दोश्रो र तेश्रो हुन सफल भए । यता २०० मिटर दौड पुरुषमा सागर शेरचन, विशाल वस्नेत र अश्विन परियार क्रमश पहिलो दोश्रो र तेश्रो भएका छन् । उनीहरुले मेडल, प्रमाणपत्र र नगद जनही रु ३ हजार, २ हजार ५ सय र २ हजार प्राप्त गरेका छन् ।

यसै गरी प्रतियोगिता अन्तर्गतनै बोसियातर्फको प्रतियोगिता समेत सम्पन्न भएको प्रतियोगिताका संयोजक अमृत बरालले बताएका छन् ।

सो अवसरमा हालै वहराइनमा सम्पन्न एसियन युथ गेम्स पारा गेम्स २०२१ मा तेक्वान्दो खेलमा पोखरा ३२ निवासी विशाल गवुर्जाले नेपालबाट सहभागि भई तेश्रो स्थान प्राप्त गर्न सफल भएकोमा नगद १५ हजार सहित सम्मान गरिएको थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका सचिव वद्री अधिकारी, अग्रज खेलकर्मी तथा शिक्षा विद महेश गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, तारामाया थापा मगर,  प्रदेश खेलकुदका सदस्यहरु गिरमान गुरुङ, बसन्तराज दवाडी, शुभकन्या गुरुङ, विष्णु कुमारी गुरुङ, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोम राज शर्मा, नेपाल नेत्रहिन संघका महासचिव शिसिर खनाल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य अन्जना केसी लगायतले मेडल, प्रमाण पत्र तथा नगद वितरण गरेका थिए ।

दुई दिने गण्डकी प्रदेश खेलकुद पारा खेलकुद प्रतियोगिताको समापन कार्यक्रम प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा ७ विभिन्न खेलका १२५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्