लेखनाथ महोत्सवमा शनिवार एकै दिन २५ हजार दर्शकद्धारा महोत्सवको अवलोकन

सिटी पोखरा
  • ख-
  • ख+

लेखनाथ।
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा शनिवबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

सार्वजनिक विदाको दिन परेकाले दर्शकहरुको घुमफिर र रोजाईमा लेखनाथ महोत्सव परेको हो । शनिवार मात्रै झण्डै २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सवमा शनिबार करिव ५० लाख रुपैयाको कारोबार भएको बास्तोलाले वताए । शनिवबार दर्शकहरुको चाप अधिक रह्यो, सवै स्टलहरुमा कारोबार राम्रो भएको पायौ प्रचार संयोजक बास्तोलाले भने—“कारोबारले स्टलवाला र मनोरञ्जनले दर्शक सन्तुष्ट भएका छन् ।”

महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका तीन सय भन्दा बढी स्टल रहेका छन् ।
महोत्सव स्थलबाटै नेपाल टेलिकमले निशुल्क सिमकार्डको व्यवस्था गरेको छ भने लेखनाथ खानेपानी उपभोक्ता संस्था, कामना सेवा विकास बैंक र हिमालयन प्यूरीफाईले पानी तथा जुसको व्यवस्था गरेका छन् ।

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालको संयोजनमा लेखनाथ स्थित विभिन्न स्वास्थ्य संस्थाहरुले कोरोना विरुद्धको भ्याक्सिन समेत व्यवस्था गरेका छन् । महोत्सव स्थलबाटै ८० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् ।

शनिबार चर्चित लोकदोहोरी गायक राजु परियार र नौ बर्षिया बाल गायीक आयषा गौतम लगायतले दर्शकहरुलाई छमछमती नचाएका थिए । साँझ चर्चित कार्यक्रम प्रस्तोता, हाँस्यकलाकार एवं गायक सन्दिप क्षेत्रीले युवा पुस्तालाई मनोरन्जन दिलाएका थिए । यसैगरी हाँस्य कलाकार राजा राजेन्द्रले विभिन्न प्रस्तुती दिएका थिए ।

महोत्सवमा विद्यालयस्तरिय नृत्य प्रतियोगिता, विभिन्न जनजातीको झ्याकी र रत्यौली गीत प्रतियोगिता समेत समावेश गरिएको छ । फागुन २६ देखी चैत्र ७ गतेसम्म संचालन हुने महोत्सवको मुख्य प्रायोजकमा इको प्यानल रहेको छ । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्