माधव नेपाल पक्षको निष्कर्ष : प्रचण्डको भूमिका शंकास्पद, वामदेव एक्लिए

  • ख-
  • ख+

काठमाडौँ, २१ वैशाख । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भूमिकाप्रति शंका व्यक्त गरेको छ भने वामदेव गौतमप्रति आक्रोश व्यक्त गरेको छ ।

वरिष्ठ नेता नेपाल पक्षको काठमाडौंको कोटेश्वरमा भएको अनौपचारिक भेलाले प्रचण्डप्रति शंका व्यक्त गरेको हो ।

आफूनिकट नेताको जिज्ञासालाई सम्बोधन गर्दै नेपालले भने नेताहरुलाई नआत्तिन आग्रह गरेका थिए । नेपाल भेला अघि प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

नेपालले आफु निकटलाई आश्वस्त बनाउने कोसिस गरे पनि उनी निकट केही नेताहरुले भने अध्यक्ष प्रचण्ड अब केपी ओलीतिरै मिल्न गएका भन्ने अड्कल काटेका छन् ।

त्यस्तै, उपाध्यक्ष वामदेव भने गौतम प्रचण्ड(माधव समूहबाट टाढिएका छन् । नेपालले अब गौतमलाई विश्वास गर्न नसकिने निष्कर्षमा पुगेको बताएका भेलामा सहभागी एक नेताले बताए ।

शनिवारको सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटेको छ । प्रचण्ड-माधव समूह छाडेर वामदेव ओलीसँग नजिकिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्