हेमजामा राष्ट्रिय शुभकामना गोल्डकपकाे तयारी

  • ख-
  • ख+

“युवा एकता र विकासको लागि खेलकुद” भन्ने मूल नाराका साथ आगामी जेठ १४ गतेदेखि २१ गतेसम्म आयोजना गरिने “राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७८” बारे बृहत छलफल भएकाे छ।

क्लबका सचिव सुनिल गायकका अनुसार प्रथम हुने टिमले नगद रु.छ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एवं द्वितिय हुने टिमले नगद रु.तिन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

हेमजा युनाइटेडको आयोजनामा पाचौँ संस्करणसम्म शुभकामना कपको रुपमा संचालित प्रतियोगिताले छैटौँ संस्करणदेखि भने गोल्डकपको रुपमा खेलाउन थालिएको हो।

आयोजक हेमजा युनाइटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघलाई गोल्डकप संचालन गर्नका लागि स्वीकृत माग गरेको थियो । सोही स्वीकृतको आधारमा एन्फाले क्लवलाई जेठको मिति दिएको हो ।

निवेदन स्वीकृत गरेसंगै गोल्डकपको आयोजना गर्न पाउने हाे । यस्तै स्वीकृतसंगै आफुहरुले प्रतियोगिताको तयारी गर्न लागेको हेमजा युनाइटेका अध्यक्ष इन्द्र कुँवरले जानकारी दिए ।

प्रतियोगितामा आयोजक, ए डिभिजन तथा वि डिभिजन सहित ८ टिमको सहभागिता रहने अध्यक्ष कुँवरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्