सरकारको आग्रह व्यवसायीद्वारा अस्वीकार, महसुल नतिर्नेको लाइन काट्ने

  • ख-
  • ख+

इन्टरनेट सेवा प्रदायकले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिमा महसुल तिर्न नसकेका कारण ग्राहकको सेवा नरोक्न गरेको आग्रह व्यवसायीले अस्वीकार गरेका हुन् ।

उनीहरुले बिल भुक्तानी नगर्नेको लाइन काटिने भन्दै प्राधिकरणलाई लिखित जवाफ पठाएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसनका अध्यक्ष भोजराज भट्टले आइतबार प्राधिकरणलाई पत्र लेख्दै शारीरिक रुपमा पूर्ण अशक्त भएका वा वृद्ध ग्राहकको हको मात्र भुक्तानी नभए पनि सेवा सुचारु गर्ने जवाफ दिएका छन् ।

पत्रमा भट्टले आफूले शुल्क नलिए आफूभन्दा माथिल्ला सेवा प्रदायकलाई नियमित भुक्तानी दिनुपर्ने भएको त्यो असम्भव रहेको बताए ।

इन्टरनेट प्रदायकले सबै प्रदायकले डजिटल भुक्तानीको व्यवस्था गरेकाले अनलाइनबाटै भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेका छन् ।

तर भट्टले भनेजस्तै सम्पूर्ण नेपालीहरुले डिजिटल भुक्तानी चलाउन जानेका छैनन् भने इन्टरनेट प्रदायकको शाखा पुगेर शुल्क तिर्न सक्ने अवस्था छैन। सरकारले लकडाउनमा कडाइ गरेकाले नजिकको शाखा पुग्न सक्ने अवस्था नै छैन।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले इन्टरनेटको शुल्क तिर्न भनेर कोही पनि बाहिर हिँड्न नपाउने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्