लकडाउनपछि २ वर्षाले कसरी मिलाउलान् सेड्यूल ?

  • ख-
  • ख+

नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको हातमा चलचित्रको अभाव छैन । लकडाउन खुलेपछि यी दुई नायिकालाई चलचित्रको तालिका मिलाउन नै हम्मे हम्मे हुने देखिएको छ ।

नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको २५ प्रतिशत छायांकनपछि छायांकन रोकियो । वर्षाले लकडाउनपछि उक्त चलचित्रलाई समय दिनुपर्नेछ ।

उक्त चलचित्रको छायांकन सकिएपछि ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछिन् वर्षा । उनलाई चलचित्र ‘नाई नभन्नु ल ६’बाट पनि अफर आएको थियो । यदि २ चलचित्रको छायांकन तालिका अनुसार नै सकियो भने मात्र वर्षाले चलचित्र ‘नाई नभन्नु ल ६’मा काम गर्न सक्नेछिन् ।

तर, उनलाई यो चलचित्रका लागि तालिका मिलाउन हम्मे हम्मे पर्ने देखिन्छ ।

त्यस्तै अवस्था नायिका वर्षा सिवाकोटीको पनि छ । वर्षाले पहिला कोरोनाका कारण छायांकन रोकिएको  चलचित्र ‘परदेशी २’को छायांकन सक्नुपर्नेछ ।

त्यसपछि, उनले चलचित्र ‘सुदुर’को छायांकनलाई समय दिनुपर्ने हु्न्छ । वर्षा मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोर्खा वारियर’मा पनि अनुबन्धित छिन् ।

उनलाई पनि चलचित्र ‘नाई नभन्नु ल ६’बाट पनि अफर आएको छ । त्यसैले वर्षा सिवाकोटीको पनि चलचित्रको तालिका मिलाउन हम्मे हम्मे हुने देखिएको छ ।

दुबै नायिका ‘पर्ख र हेर’को अवस्थामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्