पोखरा २३ मा ८० प्रतिशत मतदाताको घरदैलोमा पुग्यो एमाले

  • ख-
  • ख+

पोखरा ।
पोेखरा २३ मा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै वडामा घरदैलो कार्यक्रम जारी छ ।

यसै अन्तरगत वडाको ८० प्रतिशत मतदाताको घरमा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ र बाँकीमा घरदैलो जारी रहेको वडा कमिटी अध्यक्ष चेतनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार वडाका रैकर, मैदान, पोखरी, बाम्दी, मार्की, विरिम, निर्माने, चापाकोट, मगरगाउँ, घडेरी ओखलढुंगा, औंसेलुचौर, खोरपाखा, नयाबस्ती, कार्कीको तगरा, ठुलाखेत, डुडेको फाँट, घाटिछिना, बराङचैनपुर, मार्सीखेत लगायतका स्थानमा एमालेले घरदैलो गरिसकेको छ र बाँकीमा घरदैलो जारी छ ।

पर्यटकीय र धार्मिक महत्वसँग जोडिएको पञ्चासे क्षेत्रसँग जोडिएको यस वडामा धार्मिक तथा पर्यटकीय विकासका लागि पनि महत्वका साथ मतदाताले लिएका छन् ।

वडा नम्वर २३ का एमाले तर्फका वडाध्यक्षका उमेद्वार शिवलाल पराजुलीले पर्यटन प्रवद्र्धन, पञ्चासे विविधता संरक्षण साथै शिवबराह मन्दिरमा १ सय ८ फिटको मुर्ति निर्माण गर्ने, वडाको मुख्य सडक पैदाम पामे पञ्चासे पिच कार्य यथासक्य छिटो सम्पन्न गर्ने, वडाका अल्पकालिन र दीर्घकालीन गुरुयोजना सम्पन्न गर्ने लगायतका विकासका योजना प्राथामिकतामा राखेका छन् ।
पोखरा २३ को वडाध्यक्षमा शिवलाल पराजुलीको उम्मेदवारी रहेको छ भने सदस्यमा चेतबहादुर क्षेत्री (अर्जुन) खुल्ला, शान्ति शर्मा पराजुली महिला, फवेन्द्र कुमार गुरुङ खुल्ला र रीता सुनार दलित महिला सदस्य पदका उमेद्वार रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्