लकडाउनको खटपट, महिलाले बिक्रीमा राखिन् आफ्नै लोग्ने

  • ख-
  • ख+

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले पूरै विश्वलाई त्राहीमाम बनाइरहेको छ । महामारीका कारण लकडाउन हुँदा विश्वका अर्बौँ मानिस घरभित्रै बस्न बाध्य छन् ।

सधैं कामकाजको माथापच्चीका कारणसँगै बस्न नपाउने परिवारका सदस्यसमेत अहिले सँगै बस्न पाएका छन् । तर घरमा आवश्यकता भन्दा धेरै समय सबैजना एकसाथ रहँदा त्यसले पारिवारिक कलहसमेत निम्त्याउन थालेको छ ।

उसो त कोरोना भाइरस महामारीको लकडाउन सकिएसँगै विश्वमा पति पत्नीबीच सम्बन्ध विच्छेदका घटनामा तीव्र वृद्धि हुने प्रक्षेपण विज्ञहरुले गरिनै सकेका छन् । तर दम्पतीहरुमा लकडाउन सकिने अवधिसम्म समेत पर्खिने धैर्यता गुम्न थालेको छ ।

अहिले सोसल मिडियामा एउटा तस्वीर निकै भाइरल बनिरहेकेा छ । जहाँ एकजना महिलाले आफ्नो लोग्ने बिक्रीमा रहेको व्यवहोराको विज्ञापनको बोर्ड आफ्नो घर बाहिर ठडाएकी छिन् ।

उक्त बोर्डमा लेखिएको छ, ‘My Husband on Sale’ अर्थात् मेरो लोग्ने बिक्रीमा छ । यद्यपि सोसल मिडियामा भाइरल बनेको उक्त तस्वीर कुन देशको हो भन्नेचाहिँ खुलाइएको छैन ।

तथापि यसले कोरोना भाइरस महामारीले पति पत्नीबीचको खटपटमा वृद्धि हुनुका साथै पारिवारिक कलह तथा विखण्डनको समेत सिर्जना गरेको चाहिँ अनुमान गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्