
पाेखरा ।
नेकपा एमालेका पुराना नेता तथा समाजसेवी देवनन्द दाहालले एमाले बाहेक अरूले विकास नगर्ने बताएका छन् । उनले अबकाे नेतृत्वले राखिडाँडाकाे विकास गर्ने र त्यसकाे लागि सबै एकजुट भएर सूर्य ध्वाजावाहक उम्मेदवारलाई जिताउन समेत अनुराेध गरे।
त्यसै गरी वडा नम्बर २६ वडा कमिटीका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले राखि विकासमा सधै एमाले लागेको र अबकाे एमाले उमेम्दार जितेर आएपछि पहिलो काम राखिलाई प्राथामिकता पाउने बताए ।
त्यसै गरी पाेखरामहानगर वडा नम्बर २६ का ईन्चार्ज मनहरी ढुंगानाले जनताकाे सुख दु:खकाे साथी नेपाल भएकोले सबै मिली एमालेलाई जिताउन अनुराेध गरे ।
घरदैलो कार्यक्रम ९५ प्रतिशत सकिएकाे वडा कमिटीका सचिव सूर्य प्रकाश ढुंगानाले बताए ।
घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारीले आफूले यहाँको समस्य बुझेको र त्यसकाे समाधान पनि आफूले नै गर्ने भन्दै आफूलाई भाेट दिन अनुराेध गरे ।
पाेखरा २६ का नेकपा एमाले उम्मेदवारले घरदैलाे कार्यक्रम नियमित गरेका छन् ।
चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिनाले अब सूर्य ध्वाजाबाहक ७ जनालाई नजिताई विश्राम नगर्ने बताए । उनले आम जनता एमाले प्रति खुसि रहेको बताउदै आफ्नै नेतृत्व गरेर भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल लाई जिताउन अनुराेध गरे।
जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष चुडामणिा लामिछाने तथा वडा अध्यक्ष नारायण प्रसाद बराल ,हरिश्चन्द्र देवकाेटा ,खड्का रानाभाट,बिकास अधिकारी,बामदेब ढुंगाना,रामहरि ढुंगाना,रामकृष्ण जि.सी. ,सूर्य प्रकास ढुंगाना लगायत पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे ।अाज जलधारे हुदै राखिडाँडा सम्म घर दैलाे गरेका छन।घरदैलो कार्यक्रममा ३५०जना भन्दा बढि उपस्थिति रहे काे प्रचार प्रचार बिभाग प्रमुख सन्देश तिमिल्सिना ले बताए ।