वडाध्यक्ष आचार्यलाई फसाउने गठबन्धनको प्रयास असफल

  • ख-
  • ख+

पोखरा । पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यलाई झुटो आरोप लगाएर फसाउने गठबन्धनको प्रयास असफल भएको छ ।

बुधबार साँझ ७ बजे एमाले नेता एवं वडाध्यक्ष आचार्य घरबाट बाहिर निस्किएका थिए । उनीमाथि निगरानी राखेका कांग्रेससहित गठबन्धनसम्बद्ध नेताहरुले बाटोमा हिँड्दाहिँड्दै घेरा हाले ।

मौन अवधिमा मत माग्न पाइँदैन, तर जनप्रतिनिधि घरबाट बाहिर निस्कनेबारे कुनै रोकतोक छैन ।

गठबन्धनका स्थानीय कार्यकर्ताले भने मतदात प्रभावित पार्न पैसा बाँड्न हिँडेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरे ।

घेराउ गरेर उनलाई ¥याख¥याख्ती पारे ।
एमाले पोखरा महानगर कमिटी सचिवसमेत रहेका आचार्यमाथि लगाइएको आरोप झुटो प्रमाणीत भएको छ ।

वडाध्यक्षलाई नियन्त्रणमा लिइएको थाहा पाएपछि कास्की प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी आफैँ घटनास्थल पुगेका थिए ।
वडाध्यक्ष आचार्यको खानतलासी गर्दा उनीमाथि लगाइएको आरोप सत्य सावित भएन ।

आचार्यको तलासी गर्दा केही नभेटिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका अनुगमन अधिकृत निलप्रसाद पनेरुको रोहबरमा आचार्यलाई राति १० बजे छोडियो ।

अनुगमन अधिकृत पनेरुले वडाध्यक्षको साथबाट बाँड्दै गरेको पैसा नभेटिएकाले उनलाई राति नै नियन्त्रणमुक्त गरिएको जानकारी दिए । आफूहरु आचार्यलाई नियन्त्रणमा लिइएपछि पोखरा १६ पुगेको तर केही नभेटिएपछि छोडेको पनेरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘पोखरा महानगरपालिका १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य सोही वडाका मतदातालाई प्रभाव पार्न पैसा बाँड्दै गरेको भन्ने उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई प्राप्त हुन आयो । तत् पश्चात वडा नम्बर १६ मा पुगेको अनुगमन टोलीले निज नेपाल प्रहरीको नियन्त्रणमा रहेको र निजले बाँड्दै गरेको भनिएको पैसा नभेटिएको भन्ने जानकारी प्रहरीबाट प्राप्त हुन आयो,’ पनेरुले भनेका छन्, निजको साथबाट चार हजार रुपैयाँभन्दा बढी रुपैयाँ बरामद नभएको भन्ने जानकारी प्राप्त भएपछि तत्काल निजलाई नियन्त्रणमुक्त गरिएको जानकारी गराउँदछौँ ।’

वडाध्यक्ष आचार्यले पनि आफू घर नजिकै हिँड्दा कांग्रेसको प्रचारमा लागेका युवाले दुव्र्यवहार गरेको बताए । शरीर तलासी गर्दा केही नभेटिएको र पछि प्रहरी बोलाएर भेनमा महेन्द्र गुफा लगिएको थियो । मतलाता प्रभावित पार्ने खालको कुनै क्रियाकलाप नगरेको नदेखिएपछि आफूलाई छोडिएको वडाध्यक्ष आचार्यले बताए ।

‘म आफ्नै घर नजिकैको टोलमा हिँड्दा रातको समयमा किन आएको भन्दै नेपाली कांग्रेसको प्रचारमा लागेका एक दर्जन कार्यकर्ताआई दुव्र्यवहार गरेका हुन्,’ आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘शरीर खानतलासी गरेका थिए र पछि उहाँहरुले नै प्रहरी बोलाई मलाई भेनमा राखेर महेन्द्र गुफामा निर्वाचन आयोगका प्रतिनिधिसमक्ष प्रहरीले मेरो साथमा केही पनि नभेटेको रिपोर्ट दिएपछि मलाई छोडिएको हो ।

पाँच वर्ष जनताको सेवामा रात दिन खटेर काम गरेको ममाथि गरिएको दुव्र्यवहारको जनताले मतमार्फत जवाफ दिने छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्