के सूर्यको प्रकाशले कम हुन्छ कोरोनाको खतरा ?

  • ख-
  • ख+

काठमाडौं । विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । कोरोना भाइरसको महामारीका कारण विश्वमा २ लाख ४८ हजार ३४६ जनाको मृत्यु भएको छ भने ३५ लाख ६७ हजार ५६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख ५७ हजार २७५ जना उपचार पछि निको भएका छन् । तर अहिले सम्म कोरोना भाइरस विरुद्धको औषधि पत्ता लाग्न सकेको छैन ।

वैज्ञानिकहरु यस महामारीबाट बचाउने औषधिको खोजिमा दिन रात लागि परिरहेका छन् । यसैबीच वैज्ञानिकहरुले कोरोना भाइरसको महामारीबाट बच्ने विभिन्न उपायहरु भने बताइरहेका छन् ।

हालै मात्र पनि अष्ट्रेलियाका एक हेल्थ एक्सपर्टले हरेक दिन १० मिनेट घाम ताप्दा कोरोना भाइरसको प्रकोप केहि कम हुने दाबी गरेका छन् ।

स्किन क्यान्सर रिसर्चर डाक्टर राचेल नेलेका अनुसार सूर्यको प्रकाशले छालामा भिडिमिन डी प्राप्त हुने र संक्रमण कम हुने गर्दछ ।

किनभने शरीरमा भिटिामिन डीको कमीकै कारण विभिन्न भाइरसले आक्रमण गर्ने गर्दछ । उनले द अष्ट्रेलियन पत्रिकामा दिएको एक इन्टरभ्युमा शरीरमा भिडिामिन डीको कमीका कारण कोरोना भाइरसको संक्रमण बढेको बताएका छन् ।

त्यसैले उनले कोरोना भाइरसको संक्रमण बच्न सूर्यको प्रकाश लिनु आवश्यक रहेको बताएका हुन् । एक अन्य स्टडीका अनुसार भिटामिन डीको कमी भएका मानिसहरुमा श्वसन संक्रमण दुईगुणा बढी हुने गर्दछ ।

त्यस्तो अवस्थामा कोरोनाको खतरा बढ्ने गर्दछ । किनभने कोरोना भाइरसले धेरै असर फोक्सोमा पुर्याउने गर्दछ ।

एजेन्सीको सहयोगमा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्