एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा 

  • ख-
  • ख+

पाेखरा ।
सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर छैटौं नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेमजा युनाइटेको आयोजनामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटवल प्रतियाेगिता अन्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च ब्वाइजसंगको भेट पक्का गरेको हो ।

खेलको १० औं मिनेटमा अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो २२ औँ मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपिएफका गोलरक्षक विशाल गुरुङले पन्च गर्दै बचाउ गरे ।

२० औं मिनेटमा एपिएफका प्रदिप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक तथा कप्तान कोभासिले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाए ।

खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरmलाई अग्रता दिलाए । उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत दुई गोल गर्दै सहज जित हासिल गरेको हो ।

खेलको सुरुवात देखि नै एपिएफमाथि हाबी भएको एभिनियरले उत्कृष्ट खेल देखाएपनि आफ्नै सहकर्मीहरु बिचको समन्वयमा भने विवाद गरिरहे ।

एभिनियरका परिवर्तित खेलाडी विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पार्दा जित नजिक पुगेको थियो । उनले खेलको ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सहज गरे । उी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

एपिएफले खेलमा फर्कने प्रयास गरेपनि सकेन् । दोस्रो हाफमा १० खेलाडीमा सिमित एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा एकमात्रै गोल गरे ।

प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ ।

किपरको गल्तीले हार व्यहो¥यौ : एपिएफ प्रशिक्षक

एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले गोलरक्षकको कम्जोरीका कारण हार व्यहोरेको प्रतिक्रिया दिए । उनले पहिलो गोल किपरको गल्तीका कारण हुदाँ खेलमा असर गरेको सुनाए । सेट टिममा ५ जना खेलाडी नहुनु अर्को हारको कारण रहेका उनको भनाइ छ ।

खेलाडीले सोचेँ भन्दा राम्रो खेले : एभिनियर प्रशिक्षक
उता एभिनियरका प्रशिक्षक आसिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रदर्शनी गरेको प्रतिक्रिया दिए ।

उनले हिजो मात्रै अन्तत्र खेल खेलेर आएको हुँदा पनि खेलाडीले थकाइलाई बिट मार्दै नतिजा निकाल्नु सामान्य कुरा नरहेको सुनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्