आयोजक हेमजा युनाइटेड नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकपकाे फाइनलमा

  • ख-
  • ख+

बालकुमारी पौडेल/पाेखरा । पोखरामा जारी छैटौं संस्करणको नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटवल प्रतियाेगितामा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेमजाको जितमा दुवै गोल कमल थापा मगरले गरे ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने हेम्जाले २ गोल गर्न सफल भएको हो । खेलको दशौं मिनेटमा हेम्जाका सुनिल विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले ।

पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई सन्जोक केसीले उत्कृष्ट पास दिएपनि उनले भेट्न सकेनन् । १२ औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बिचबाट गरेको शसक्त प्रहारलाई हेम्जाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

उक्त बलमा पाएको कर्नरमा कप्तान आसिष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिदा अग्रता लिने अर्को अवसर गुमेको हो ।

पहिलो हाफमा बराबरीमा रोकिएपनि दोस्रो हाफको ८ औं अर्थात खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले अग्रता दिलाए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई फाइनलको यात्रा पक्का गराए । दोस्रो हाफमा भने खुमलटारको प्रदर्सन निकै खस्किएको थियो । दोस्रो हाफमा खुमलटारले खासै प्रहार गर्न सकेन ।

हेमजाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफस्या आएको सुनाए । उनले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिए ।प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुदैँछ । असार ४ गतेदेखि संचालन भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेमजा युनाइटेड को सहभागिता रहेको छ ।

हेमजा एकेडेमी संचालनार्थ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्