नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप:फाइनलमा एभिनियर र हेमजा युनाइटेड भिड्दै

  • ख-
  • ख+

बालकुमारी पौडेल/पाेखरा । पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण हेमजा गोल्डकपको फाइनलमा क्यामरुनी क्लव एभिनियर र हेमजा युनाइटेड भिड्दैछन् ।

हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ ।

हेमजाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल अघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोजक हेमजा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले आफुहरुले एभिनियर क्लबसंग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफुहरुलाई खेल जित्न भन्दापनि खेलमा अनुभव लिनु ठुलो कुरा रहेको बताए । एभिनियर शारिरीक रुपमा बलियो रहेपनि आफुहरु त्यसका लागि तयार अवस्थामा रहेको सुनाए ।

हेमजाका खेलाडी कमल थापा मगरले आफुहरु जित्नका लागि खेल्ने बताए । उनले टिम राम्रो रहेकाले सोहि अनुरुप खेल प्रदर्शन गर्ने बताए ।

एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । एभिनियरका गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफुहरु जित्नका लागि आएको र फाइनल खेल उचाल्न भरपुर मिहेनत गर्ने बताए ।

असार असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् ।

सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्