अमेरिकन फिल्ममा काम गर्दै स्वस्तिमा ! लिखित सम्झौता भएकाे दाबी

  • ख-
  • ख+

नेपाली चलचित्र बुलबुलबाट सर्बाधिक रुचाइएकी नायिका हुन् स्वस्तिमा खड्का । उनले छोटो समयमा आफ्नो करिअरलाई नेपाली फिल्ममा स्थापित गर्न सफल भइन् । शुरुमा उनलाई नायिकाको रुपमा लिन नसकिने धेरै फिल्मकर्मीहरुको विचारलाई भंग गर्दै उनले करिअरमा सफलता हात पारिन् । एकाध फिल्म बाहेकमा उनलाई रुचाइएको छ । निश्चलकाे साथ र सहयोगले अगाडी बढेकी भनेर धेरैकाे आलाेचनालाई मनन गर्दै उनले आफ्नाे केरियरमा सफलताकाे खुड्किलाे टेकेर नै छाडिन् ।

फिल्म सफल र असफल जसो हुदाँपनि उनको चर्चा भने सफलतातिर दौडिरहेको हुन्छ । कहिले पुजा शर्माले २० लाख लिएकाे त कहिले युट्युबे पत्रकार हैन्न जस्ता बिवास्पद बयान दिएर चर्चामा भने आइरहिन् । नेपाल यतिखेर लकडाउनमा छ । लकडाउनको कारण मनोरञ्जन क्षेत्र शतप्रतिशतले शुन्य छ ।

फिल्मको कुनैपनि कामहरु शुरु हुने संभावना छैन । लकडाउन खुलेसँगै फिल्म क्षेत्र सामान्य अवस्थामा आउन निकै समय लाग्नेछ । एक अर्थमा भन्नुपर्दा फिल्म क्षेत्रको भविष्य अन्यौलमा छ नेपालमा । यहि बीच नायिका स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा काम गर्न लागेको खबर बाहिरीएको छ ।

पछिल्लो समय ‘बुलबुल’बाटै राष्ट्रिय अवार्ड समेत हात पार्न सफल नायिका स्वस्तिमा एक अमेरिकन समूहले निर्माण गर्न लागिएको अमेरिकन फिल्मको लागि अनुबन्ध भएको जानकारी बाहिरिएको हो । यस विषयमा फिल्मी हामीले उनलाइ प्रशन गर्दा उनले समाचार सत्य भएको दावी गरिन् ।

तर निर्माण पक्ष, अन्य कलाकार र निर्देशकको वारेमा भन्ने कुनै जानकारी बाहिरिएको छैन । स्वस्तिमा स्वंयमले पनि विस्तारै सबै जानकारी आउने बताएकी छिन् । आफु अडिशन मार्फत फिल्मको मूख्य पात्रमा चयन भएको र लिखित सम्झौता भएको उनले दावी गरेकी छिन् । फिल्मका अन्य कलाकारहरु हलिउडकै रहने बताइएको छ । लकडाउन पछि फिल्मको छायाँकन शुरु हुने दावी गरिएको छ ।

यसो त नेपाली कलाकारहरु बलिउड र हलिउड फिल्ममा भन्ने समाचार यो नै पहिलो पटक भन्ने हैन । तर ती समाचारहरु समाचारमै सिमित भएका छन् । पछिल्लो समय अनमोल केसी पनि बलिउडमा फिल्ममा भनेर समाचार बाहिर आएको थियो । तर अनमोलले बलिउडको गन्ध पनि लिन पाएनन् । स्वस्तिमाको अमेरिकन फिल्म यात्रा त्यस्तै नबनोस् हाम्रो कामना ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्