वर्ल्डलिंकको फेस्टिभल अफर : इन्टरनेट सेवामा छुटै छुट

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक फेस्टिभिटी अफर” ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् ।

पहिलो प्याकेज “फास्ट अफर” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । “२ राउटर्स प्याकेज ” मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले नाेकिया बेकन १.१ मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबिपिएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “स्मार्ट अफर” अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) नाेकिया बेकन १.१ मेस राउटर, २०० एमबिपिएसको को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेट टिभि [NETTV] मात्र रु १५० मा प्राप्त गर्ने छन्।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध छ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ।

सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियालि र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ। वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनेट संग जोड्न देशभर धेरै मद्दत पुर्याएको छ। यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट संगै भ्यालु एडेड सर्भिस पनि प्रदान गर्दै आएको छ । जस अन्तर्गत वाइफाइ एक्सप्रेसद्वारा देश भर १४,००० भन्दा धरै वाइफाइ हटस्पटमा फ्रि वाइफाइ प्रदान गरिरहेको छ। साथै ‘तुरून्तै’ द्वारा सेवा अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इन्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ।

यस्तै, दशैं चाडबाडको पावन अवसरमा, नेपालको अग्रणी सेवा प्रदायक नेट टिभिले नेट टिभि ‘फेस्टिभिटी’ दशैं अफर ल्याएको छ। यस दशैँ अफरमा नेट टिभिले टिभि र नेट टिभिकाे सब्सक्रिप्सनको बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको छ ।

“नेट टिभि ‘फेस्टिभिटी” अफर अन्तर्गत नेट टिभिको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यसुदा को ३२ इन्च को YS-३२NWN मोडलकाे एलइडि टिभि वा ४३ इन्च को YS-४३NWS मोडलको बेन्जेल लेस स्मार्ट टिभि खरिद गर्न सक्नेछन् । ३२ इन्च को टिभि को नेट टिभि सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित रु १४,९९९ रहेको छ भने ४३ इन्च टिभिको नेट टिभि सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याट सहित रु २९,२९९ रहेको छ। दुवै प्लान मा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्नेछ ।

नेट टिभि स्ट्रीम्ज प्लस जस्तो मनोरंजन प्रविधि छेत्रको नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर, नेट टिभि नेपालको पहिलो गुगल सर्टिफाइ मनोरंजन सेवालाई बजारमै सब भन्दा कम मूल्य मा उच्च गुणस्तरीय टिभिसँग उपभोक्तामाझ ल्याई “नेट टिभि ‘फेस्टिभिटी” अफरले दशैं को माहोललाई अझै हर्षोउल्लासमय बनाउने नेट टिभिको उदेश्य रहेकाे कम्पनीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्