आर्मीको संकटालाई ३ गोल उपहार

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । पोखरा रंगशाला आर्मीको लागि फाप सिद्ध भएको छैन । २२ औ आहा ! रारा पोखरा गोल्डकप पोखरा रंगशालामा सोमबार भएको प्रतियोगितामा पनि त्यस्तै भयो ।

पहिलो हाफको १४ औ मिनेटमा गोल गर्दे आर्मीले अग्रता लिएको भए पनि जितको लागि त्यो गोल प्रयाप्त भएन ।
संकटाको डिफेन्डरले निशान लिम्बुलाई डिबक्स भित्र लडाए पछि पाएको अवसरलाई आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत गोल गरेका थिए ।

खेलको ८ औ मिनेटमा आर्मीका टीम क्याप्टेन भरत खवासले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिनु पनि आर्मीको लागि दुर्भाग्य बन्यो । ब्याक टु ब्याक मुभ बनाएको आर्मीका दिनेश हेम्जनले नवयुगलाई दिएको बललाई नवयुगले गोलमा परिणत गर्नबाट चुक्यो ।

स्टाटिङ इलेभेनमा नै ३ विदेशी खेलाडी मैदान उतारेको संकटा एक गोलले पछि परे पछि फुल इफोट लगाएर खेल्यो र ३६ औ मिनेटमा बराबरी गोल फर्कायो पनि । सुनिल बलको पासमा विदेशी खेलाडी मिसुयकेले बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफमा डोमिनेटेड एट्याकिङ खेल खेलेको आर्मीले पटक पटक गरेको प्रहार सटअन टार्गेड रहन सकेन ।

संकटाले आफ्नो विपक्ष एट्किङ खेले पछि काउन्टर प्रहारको लागि आफ्ना खेलाडी तयारी अवस्थामा राखेका थिए । खेलको ७९ औ मिनेटमा डिफेन्स लाइनबाट प्रहार गरेको लन्ङ पासमा विदेशी खेलाडी स्टेफेनले लगेर डाइरेक प्रहार गरे । उक्त बल पोलमा लागेर फर्कियो । सोही रिबाण्ड भएको बललाई संकटाका युवा खेलाडी सुरज ज्यु ठकुरीले सजिलै गोलमा परिणत गरे ।

नतिजा आफ्नो पक्षमा ल्याउन भरपुर प्रयास गरिरहेको आर्मीका बिमल पाण्डेका ठाउँमा मैदान प्रवेश गरेका टेक बहादुर बुढाथोकीले पाएको थुप्रै अवसर खेर फाल्यो । उनलाई नवयुग श्रेष्ठले ९१ औ मिनेटमा सानो डिबक्स नजिकबाट दिएको पासलाई उनले फस्ट टचमा गरेको प्रहार सिधै बार माथि बाट गयो ।

विदेशी खेलाडी स्टेफेन बिनोयोङले खेलको ९४ औ मिनेटमा व्यातिmगत १ गोल गर्दे संकटाको लागि गोल संख्या ३ पु¥यायो । त्यो संगै त्रिभुवन आर्मीलाई ३–१ गोलले पराजित गर्दे संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । आजको हार संगै यस पटक पनि आर्मीले इतिहास रच्ने मौका गुमायो ।

‘काउन्टरमा खाएको सेकेण्ड गोल उनीहरुको लागि टर्निङ्ग प्वाइन्ट भयो । विदेशी खेलाडीहरु गेम चेन्जरको रुपमा रह्यो,जसको कारण हार्न पुग्यौ ।’ आर्मीका प्रशिक्षक नबिन न्यौपानेले भने ।

आजको खेलमा म्यान अफ दि म्याच संकटाका स्टेफेन वियोन्ङ्ग घोषित भए ।

संकटाका प्रशिक्षक सल्यान खड्कीले लामो समय पछि खेल भएकोले पहिलो हाफ खेलाडीहरुलाई अलि गाहे भयो । तर केटाहरुले मरेर खेल्यो र नतिजा संकटाको पक्षमा आएको बताए । संकटाले अब पुस २० गते सेमिफाइनलमा एपिएफ संग भिड्ने छ । भोलिको खेल मनाङ  मर्स्याङदी र अमेरिकाको भुतान्स युथ बिच रहेको छ । तस्वीर :सुर्दशन रञ्जित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्