मनाङ पहिलो खेलबाटै आउट

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । आज भएको खेलमा मनाङ मस्र्यादीे आफ्नो होम ग्राण्डमा जम्न सकेन । जसको कारण पहिलो खेल बाटै बाहिरिन प¥यो ।
पोखरा रंगशालामा मंगलबार आयोजना भएको प्रतियोगितामा मनाङ मस्र्यादी फुटबल क्लब १–० गोलले पराजित भयो ।

पहिलो हाफको १८ औ मिनेटमा एक गोलले पछि परेको मनाङलाई पाहुना टोली बिवाईएसीले आक्रमक खेल्न स्पेस नै दिएनन ।
खेलको १८ औ मिनेटमा बिवाइएसीका प्रबिन बस्नेतले गोल गर्दे टीमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओटेगाले प्रहार गरेको एअर बललाई नियन्त्रणमा लिई दोस्रो बार चेप्दै प्रहार गरेको बलले जाली चुमेको हो ।

आजको खेलमा बिवाइएसीका डिफेन्डर हेक्टरले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । आज उनलाई प्रशिक्षकले कि प्लेएरका रुपमा प्रस्तुत गरेको देखिन्थ्यो । उनले त्यो भुमिका जमेर निभाए पनि ।

३६ औ मिनेटमा मनाङका सुमित श्रेष्ठले लगभग २८ यार्डबाट गरेको प्रहारलाई बिवाइएसीका गोलकिपर पुजन थापा मगरले विफल तुल्याएका थिए ।

लामो तयारी बिना मैदानमा उर्तिएको मनाङका खेलाडीहरुले उनीहरुलाई दबाबमा राख्न सकेनन ।
एक गोलले पछि परेको मनाङ दोस्रो हाफमा आक्रमक रणनिति बुनेर मैदान छिरेको थियो । तर उनीहरुलाई पाहुना टोलीले आक्रमक खेल्ने स्पेस नै दिएनन ।

२६ औ मिनेटमा बिवाइएसीका थोमस स्याकरले डिबक्स भित्र बाट गरेको प्रहार गोलकिपर दिप कार्कीले सहजै क्याच गरेको थियो ।
आयोजक सहाराका लागि ट्रेनिङ गरिरहेको ६ खेलाडीलाई लगेर तयार पारेको मनाङ अधिकाश नयाँ खेलाडीको साथ मैदान उर्तिएको थियो ।

आर्थिक रुपमा धेरै खर्चिएर नेपाल खेल्न आएका बिवाइएसीका प्रशिक्षक प्रदिम हुमागाईले आजको खेलमा हाम्रा खेलाडीहरुले हाईटको एडभान्टेजक पुरा लिएको बताए । आज बिवाइएसीका गोलकर्ता प्रबिन बस्नेत म्यान अफ दि म्याच घोषित भए ।
अब बिवाइएसीले पुस २१ गते चर्च ब्वाइज युनाइटेट फुटबल क्लब संग भिडने छ । भोलि बुधबार पहिलो सेमिफाइन खेल संकटा र एपिएफ बिच रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्