संकटाको सान्दार इन्ट्री

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । पोखराको फुटबलमा संकटाकोे इतिहास राम्रो छैन । तर पछिल्लो समय संकटा एर्गेसिभ रुपमा अगाडी बढेको देखिन्छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा एपिएफलाई पराजित गर्दे फाइनलको यात्रा तय गरेको छ ।

संकटाले डिफेन्डिङ च्याम्पियन एपिएफलाई आज भएको खेलमा ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे फाइनलमा पहिलो पटक सानदार इन्ट्री गरेको छ ।

खेलको ५ औ मिनेटमा विदेशी खेलाडी स्टेफेनले गोलको खाता खोलेका थिए । उनले एपिएफका डिफेन्डर र गोलकिपरको कोडिनेसन नमिल्दाकोे अवसरलाई गोलमा परिणत गरेको हो ।

खेलमा विदेशी खेलाडी स्टेफेन र मेसुकेको ब्युटीपफुल कोडिनेसनका कारण संकटाले खेल अवधिभर एपिएफलाई अनत्य सम्म दबाबमा राख्यो ।

खेलको २१ औ मिनेटमा एपिएफका विकु तमाङले डिबक्स भित्रबाट गरेको प्रहार कस्रबार माथिबाट बाहिरियो । एपिएफका खेलाडीहरुले कति कति बेला बनाएको मुभले डिफेन्डिङ च्याम्पियन बन्दाको झल्को दिएको थियो ।

पहिलो खेल भन्दा सुधारिएको खेल प्रस्तुत गरेको संकटाका मेसुकेले ४३ औ र स्टेफेनले ६१ औ मिनेटमा संकटाको लागि गोल गर्दे फाइनलको यात्रा अझ पक्का गरेको थियो ।

दोस्रो हाफमा युवराज खड्कालाई रिप्लेस गर्दे मैदान छिरेको हरि कार्कीले खेलको ७४ औ मिनेटमा गोल गर्दा डिफेन्डिङ च्याम्पियन एपिएफले जित्ने ढुकढुकी बढ्यो । दर्शक दिर्घालाई पनि नतिजा उल्टउछ कि भन्ने लाग्यो । तर संकटाका फुल फर्ममा भएको खेलाडीको अगाडी उनीहरुले े गोल संख्या दोहोरा गर्न सकेन ।

खेलको ८६ औ मिनेटमा डिफेन्सलाइन बाट अर्का विदेशी खेलाडी एन्द्रे थिएरी बिएकले प्रहार गरेको बललाई स्टेफेनले फस्ट टचमा गरेको वल्ड क्लास ब्युटीफुल सट गोलमा परिणत भएको थियो ।

यस अघि एपिएफले धरान फुटबल क्लबलाई पराजित गर्दे सेमि

फाइनलमा प्रवेश गरको टिम हो भने संकटा विभागिय त्रिभुवन आर्मी  र नेपाल पुलिस फुटबल  क्लबलाई पराजित गर्दे सेमिफाइन प्रवेश गरेको टिम हो । आजको हार संगै एपिएफ २२ औ आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । संकटा बिहिबार हुने खेलको विजेता संग  भिडने छ । भोलिको खेल भुटान्जि युथ एससी अमेरिका र चर्च ब्वाइज युनाइटेड बीच रहेको छ । शुक्रबार कुनै पनि प्रतियोगिता नरहेको र शनिबार फाइनल खेल हुनेछ ।

‘हाम्रो बल पोजेसिन र एट्याकिङ राम्रो भयो । जसको कारण नतिजा हाम्रो पक्षमा पर्यो ।’ संकटाका प्रशिक्षक सल्यान खड्कीले भने ।

‘फस्ट गोल सिल्ली मिस्टेकले खानु नै हाम्रो दुभाग्य भयो ।’संकटाका विदेशी खेलाडी नेपालमा आएका विदेशी खेलाडीहरुमा बेस्ट भएका कारण पनि उनीहरुको जित भयो । एपिएफका प्रशिक्षक रत्न काजी मर्हजनले बताए । आजको खेलमा म्यान अफ दि म्याच संकटाका स्टेफेन बिनोङ घोषित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्