तनहुँमा सवारी दुर्घटना,३ जना घाइते २ जनाको अवस्था गम्भिर

  • ख-
  • ख+


सुरज श्रेष्ठ,तनहुँ । तनहुँको नाहालामा आज (बुधबार) बिहान कार र ट्रक एक आपसमा ठोकिदाँ ३ जना घाइते भएका छन् ।

बन्दिपुर बाट पोखरा आउदै गरेको ग २ च ६१६९ नम्बरको कार र पोखरा बाट डुम्रे तर्फ जादै गरेका ना ४ ख १५८१ नम्बरको ट्रक एक अर्कामा ठक्कर खादाँ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा बन्दिपुर २ खहरेका बर्ष २३ का सुबास कुवर,बर्ष ४७ का केहरसिंह कुवर र बर्ष १८ सैलजा कुवर रहेका छन् ।

घाइते ३ जना मध्ये दुई जना को अवस्था गम्भीर रहेको जनाइएको छ । थप उपचारको लागि एक जना पोखरा र एक जनालाई काठमाडौ पठाइएको छ । सामान्य घाइते भएका सैलजाको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइ रहेको छ ।

ट्रक चालकलाई डुम्रे प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको संन्चारकर्मी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्