हाँस्य कलाकार मुन्द्रेले पोखरा म्याराथनमा सहभागिता जनाउने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने भएका छन् ।

आगमी फागुन ६ गते शनिबार पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उनले सहभागिता जनाउने भएका हुन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ ।

सो बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कलाकार नेपाल सेलिव्रेटीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने बताएका छन् ।

उनले भने–“कलकार नेपाल म्याराथनमा धावकहरुको जोश भर्न मात्रै नभई उपस्थित सबेलाई आफ्नो कलाको माध्यमबाट समेत मनोरञ्जन दिने कार्यक्रम छ ।”

स्टाण्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली ऋंखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाएका छन् । उनको मुन्देको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्