कोरोना पृष्टि भएपछि अस्पताल प्रशासन र स्वास्थ्यकर्मी बिच झण्डै हात हालाहाल

  • ख-
  • ख+


सुरज श्रेष्ठ,पोखरा । गण्डकी मेडिकल कलेज (जिएमसी) पोखराको इर्मजन्सीमा उपचार गराउन आएका एक ६३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही विषयलाई लिएर शुक्रबार दिउँसो १ बजे अस्पताल प्रशासन र स्वास्थ्यकर्मी बिच चर्काचर्की भएको एक प्रत्यक्षदर्शीले बताए ।

यस बारे अखिल स्वास्थ्य श्रमिक संघका अध्यक्ष उदय खत्री संग बुझ्न खोज्दा उनी विदामा बसेकाले यस बारे आफुलाई पूर्ण जानकारी नभएको बताए ।

स्वास्थ्यकर्मी संघका अध्यक्ष दिपक कार्कीसंग सम्पर्क गर्दा उनले हाम्रा स्वास्थ्यकर्मी जो उपचारमा प्रत्यक्ष संलग्न थिए । खतरा हुने भन्दै कोठामा घरबेटिले जान नदिएपछि उनीहरुलाई प्रशासन संग क्वारेन्टाइनमा राख्न माग गरेका हौ । यसै विषयलाई लिएर प्रशासनसंग चर्काचर्की भएको स्विाकारे ।

कलेज प्रशासन प्रमुख कृष्ण घिमिरेले नागढुंगा स्थित कलेज होस्टलमा ५ जनालाई प्राइमरी क्वारेन्टाइन व्यवस्था गरेको बताए । “कन्टयाक टे«सिङको जिम्मा हाम्रो नभएकोले हाललाई प्रत्यक्ष संलग्न भएकाहरुलाई क्वारेन्टाइनको व्यवस्था गरेका हौ ।” उनले भने ।

गण्डकी मेडिकल कलेजमा पहिलो पटक ति विरामी असार २ गते मंगलबार साझ ७ बजे तिर जाँच गराउन आएको बताइएको छ । उनको उपचारमा प्रत्यक्ष संलग्न भएका ३ नर्स,१ पारामेडिक र १ हेल्पर गरि ५ जनालाई क्वारेन्टाइनमा राखेको छ । चिकित्सक भने संलग्न नभएको बताईएको छ ।

यस बारे सोही अस्पतालको इमरजन्सी इन्चार्ज डा.कर्मा आर्चाय संग बुझ्दा आफु बिहानको सिफ्ट हेर्ने बताउदै यस बारे थाहा नभएको बताइन ।

यो घटनाले गण्डकी मेडिकल कलेजको इमरजन्सीमा हुने उपचार माथि नै शंका उब्जेको छ । यदि उनको उपचारमा डाक्टर संलग्न थिए भने डाक्टरलाई कोरोना नलाग्ने हो र ?

आफ्नो अस्पतालमा उपचारका लागि आएका मानिसमा कोरोना संक्रमण देखिदा प्रत्यक्ष संलग्न भएका स्वास्थ्यकर्मी चिकित्सकको उचित व्यवस्थापन गर्दे हुन सक्ने समस्या समाधानमा लाग्नु पर्ने हो । तर अस्पताल प्रशासन उल्टै सुचना लुकाउन लागेको देखिन्छ ।

त्यही कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने “स्वास्थ्य माथि लापरवाही किन र कसले ग¥यो छानबिनको विषय बन्नु पर्छ ।”

क्षेत्रीय अस्पतालले स्वाब संकलन गरेर पठाउँदा उनमा बिहीबार कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार उनी पुतलीबजार–११ का बासिन्दा हुन् । संक्रमित ती वृद्धको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्