नेपाल रेडक्रस सोसाइटी-१५ को रक्तदान,६५ युनिट रगत संकलन

  • ख-
  • ख+


पोखरा । नेपाल रेडक्रस सोसाइटी वडा १५ उपशाखाले रक्तदान कार्यक्रम समपन्न गरेको छ । पोखरा महानगरपालिका वडा १५ को प्राङ्गणमा भएको उक्त कार्यक्रममा ६५ युनिट रगत संकलन गरिएको छ ।

कोरोना महामारीको बेला पोखरामा रगतको अभाव हुन सक्ने भन्दै वडा १५ शाखाले रक्तदान आयोजना गरेको हो । पुर्ण गुरुङको संयोजकत्वमा कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले गरेका थिए । कोरोनाले सबै क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रमा पर्न गएको प्रभावको कारण रगतकै अभाव हुन नदिन बन्दाबन्दीकै बीचमा उपशाखाले रक्तदान आयोजना गरेको संयोजक पुर्ण गुरुङले जानकारी दिए । रक्त सञ्चारकेन्द्र पोखरामा रगतको अभाव हुन नदिन रक्तदान गरेको उनले बताए ।

कोभिड –१९ को महामारीमै समयमा विभिन्न दुर्घटना एवं अन्य विरामीलाई रगतको अभाव हुन नदिन रक्तदान गरिएको हो ।

कोभिड–१९ को महामारीको समयमा रगतको अभावले ज्यानै जाने अवस्था नहोस भन्ने उद्देश्यले आयोजना गरिएको बताए । ‘विपत अवस्थामा रगतकै अभावमा अन्य रोगीका विरामीलाई थप विपक्ति आउन नदिन रक्तदान गरिएको हो ।’ उनको भनाई थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्