औषधी व्यवसायी संघ कास्कीले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्ने

  • ख-
  • ख+


सुरज श्रेष्ठ,पोखरा । नेपाल औषधी व्यवसायी संघ कास्की शाखाले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आफ्नो ४७ औ स्थापना दिवसको अवसर पारेर संघले यहि असार १० गते रक्तदान कार्यक्रम गर्न लागेको हो ।

बन्दाबन्दीका कारण धेरै जसो संघ संस्थाले बार्षिक आयोजना गर्दे आई रहेको रक्तदान कार्यक्रमहरु प्रभावित भएका छन् । कार्यक्रम प्रभावित भए संगै रक्त संचार केन्द्रमा रगतको अभाव हुन सक्छ ।

रगत अभावको कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले आफ्नो संघको स्थापना दिवस पारेर भौतिक दुरि कायम गर्दे रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको औषधी व्यवसायी संघ कास्की शाखाका अध्यक्ष बिक्रम पन्तले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्रविधिक सहयोग रहने छ । पोखराको पृथ्वीचोकमा यस महान सेवा लक्षित कार्यक्रममा उपस्थिति भएर रक्तदान प्रति अग्रसरता देखाई दिन सबैलाई अध्यक्ष पन्तले आग्रह समेत गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्