दीपशिखा पुस्तकालयमा विश्वेश्वरप्रसाद कोइरालाको ‘ सुम्निमा ’ उपन्यासको परिचर्चा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा म्याप्स द रिडिङ्ग क्लबको आयोजना तथा दीपशिखा पुस्तकालयको व्यवस्थापनमा उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको ‘ सुम्निमा ’ उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा परिचर्चाकार विष्णुहरि पौडेलले उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको ‘ सुम्निमा ’ उपन्यासको संक्षिप्त कथावस्तु, सुम्निमा उपन्यासको मिथकीय परिवेश, पात्रविधान, विषयबस्तु,उद्देश्य तथा विश्लेषण प्रस्तुत गरेका थिए ।

परिचर्चामाथि टिप्पणी गर्दै टिप्पणीकर्ता सावित्री भण्डारीले २०२७ मा पहिलो पटक प्रकाशित ‘ सुम्निमा’मा उपन्यासकारले आर्य र किँराती सस्ंस्कृतिको मिथकहरुको कुशल संयोजन गरेका,सुम्निमा उपन्यासमा आर्य संस्कृति र किँरात संस्कृतिको मिथकीय कथानकलाई समेटेका तथा किँराती र आर्य संस्कृतिका पात्रहरुको सिर्जना गरी त्यसमा किँराती र आर्य समाजका मिथकहरुको संयोजन गरेर उपन्यासको कथावस्तुलाई जीवन्त बनाएका वताउदै आर्य र मंगोलको प्रतिनिधित्व गर्ने यी विभिन्न जातिहरूबीच आनुवंशिक समीकरण बनाएर छुट्टै वर्णशंकर संस्कृति निर्माण गर्न चाहेकामा जोड दिइन् ।

पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु , कर्मचारीहरु त्था साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रसिसहरि भण्डारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्