राष्ट्रिय औद्योगिक व्यापार मेला:नाफामुखी नभएर उद्यमशीलता विकासमा समर्पित भएको जिकिर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गतेदेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य उद्धेश्य उद्यमशीलता विकास भएको जिकिर गरेको छ ।

आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले मेला विशुद्ध रुपले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको जिकिर गरे ।

उनले पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा देशमै पहिलोपटक राष्ट्रिय  औद्योगिक व्यापार मेलाको थालनी गरेको इतिहास कोट्याउँदै भने,‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय उत्पादनहरुको प्रवद्र्धन, व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा नयाँ सम्भावनाको खोजी गर्ने त्यो पुनित कार्य सजिलो थिएन । हामी अहिले पनि त्यही लक्ष्यमा अविचलित रुपले लागिरहेका छौँ । ’

उनी त्यतिमै रोकिएनन् । २०४९ सालमा गरिएको दोस्रो व्यापार मेला तथा २०५२ सालमा आयोजित पोखरा महोत्सवकै कारण देशैभर मेला र महोत्सवको लहर चलेको जिकिर पनि गरे । ‘विषम परिस्थितिमा पनि पोखरा उद्योग वाणिज्य संघले मेलालाई निरन्तता दिइरह्यो । कतिसम्म भने देश आन्तरिक द्वन्द्वमा रुमल्लिँदा र १ सयजनाभन्दा बढी मान्छे भेला हुन नपाउने विषमतामा पनि हामी डग्मगाएनौँ । राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरी सिथिल अर्थतन्त्र चलायनमान बनाउने जिम्मेवारी निभायौँ,’उनले भने,‘ बारुदको गन्धले निस्सासिएका नागरिकलाई खुला ठाउँमा आमन्त्रण गरी दुःख बिर्सँदै मनोरञ्जन दिलाउन सफल भयौं ।’

उनले मेलाको गुणस्तरीयताबारे प्रश्नहरुको उठेको स्वीकार्दै मंसिर २१ देखि पुस १ गतेसम्म आयोजना हुने मेला पृथक उद्धेश्यमा समर्पित भएको दोहो¥याए ।  ‘हामीमाथि पनि प्रश्नहरु छन् तर म यहाँहरुलाई के स्पष्ट पार्न चाहन्छु भने पोखरा उद्योग वाणिज्य संघ नाफामुखी संस्था हैन र हुने छैन,’ उनले भने । ३२ औं संस्करणको मेला पनि नाफामुखी नभएर पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यमा समर्पित भएको उनको भनाइ छ ।

मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शन, प्रवद्र्धनको लागि विशेष स्टलको व्यवस्था गरिएको बताउँदै उनले  महिला उद्यमशीलता विकासकै लािग मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था जानकारी दिए । ती सामानहरु खरिदमा लागत साझेदारी तथा बजारीकरणमा सघाउने व्यवस्था मिलाइएको पनि उनले बताए ।

संघका महासचिव बलराम आचार्यले ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित  पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने लक्ष्य लिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको उनको भनाइ छ । पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्