नेपाल उद्याेग तथा व्यवसायी महासंघ गण्डकीको  प्रथम  अधिवेशन माघ २० गते पोखरामा हुने 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

नेपाल उद्याेग तथा व्यवसायी महासंघ गण्डकीको अधिवेशन माघ २० गते  पोखरामा आयोजना हुने भएको छ।

उक्त अधिवेशनको नेकपा ( एमाले ) का उप महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्जीव बहादुर कोइरालाले जानकारी दिए।

अधिबेशनमा अर्थबिद तथा  पूर्वअर्थमन्त्री डाक्टर युबराज खतिवडा सहितको सहभागिता रहनेछ ।

गण्डकी प्रदेशका ११ जिल्ला र सम्पूर्ण पालिकाबाट करिव चार सय प्रतिनिधि सहभागी हुने कोइरालाले उल्लेख गरे।

 अधिबेशनले आगामी तीन  वर्षे कार्यकालका लागि नयाँ  नेतृत्व चयन गर्ने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्