हाम्राे बारेमा

यो वेवसाइट न्यू मिडिया पोखरा प्रा.लि.द्धारा सञ्चालित प्रेस काउन्सिल र सूचना विभागमा सूचिकृत र कास्की जिल्लामा महिलाद्धारा सञ्चालित पहिलो आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तरवार्ता साथै अडियो र भिडियो, सुचना प्रविधि,समाचार र विश्लेषणलाई यसले समेट्छ ।

आज विश्वव्यापी रुपमा इन्टरनेट हरेक क्षेत्र, व्यक्ति, व्यवसाय, संघ संस्था तथा कार्यालयमा अपरिहार्य संचार माध्यम सावित भएको छ । जसबाट दैनिक क्रियाकलापहरु छिटो छरितोका साथै, चुस्त–दुरुस्त एवं प्रभावकारी हुन पुगेका छन् ।

आज संचार तथा प्रविधिको दुनियामा इन्टरनेट सवैभन्दा सरल, सुलभ र भरपर्दो माध्यम भएकोले यसको व्यापकता दिन प्रतिदिन बढिरहेको छ । हरेक क्षेत्रमा इन्टरनेटलाई आफ्नो कामकाजको विश्वासिलो माध्यम बनाउन थालिएको छ ।

अतः इन्टरनेटबाट सूचना प्रवाह गर्ने न्यू मिडिया पोखरा प्रा.लि.द्धारा सञ्चालित यस सिटी पोखरा डट कमले पोखराका विभिन्न क्षेत्रसँग सम्बन्धित विभिन्न विषयको तथ्याङ्क तथा जानकारी संकलन गरी प्रवाह गर्ने तथा एउटै साइट मार्फत पोखरा भरिकै मुख्य विषयवस्तुहरुको विस्तृत जानकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने उद्देश्यले पोखराका विभिन्न क्षेत्रहरुबाट तथ्याङ्क संकलन गर्ने कार्य तिब्र रुपमा गरिरहेको छ, यो साइट जानकारीको भण्डार हो जसमा दिनप्रतिदिन नयाँ–नयाँ तथ्याङ्क तथा जानकारीहरु थप्ने गरिन्छ ।

हाम्रा क्षेत्रहरु यस प्रकार छन् :- राजनीति, समाज, व्यवसाय, शिक्षा, पर्यटन, स्वास्थ्य, खेलकुद तथा मनोरञ्जन, बैङ्क तथा बित्त, निजी तथा सरकारी स्रोत साधनहरु, उद्योग, कृषि, विज्ञान तथा प्रविधिका समाचार, अन्तरवार्ता, विचित्र संसार साथै अडियो, भिडियो आदि । माथि उल्लेखित क्षेत्रका तथ्याङ्क तथा जानकारी संकलन गर्न विभिन्न व्यक्ति, संघ–संस्था तथा निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने कार्य जारी रहेको छ ।

तसर्थ सम्पूर्ण स्वदेशी तथा विदेशीहरुले आफूले चाहेको जुनसुकै क्षेत्रको जानकारी लिनबाट वञ्चित हुन नपरोस भन्ने अभिप्रायले तपाईकोे आफुसँग सम्बन्धित क्षेत्रको तथ्याङ्क तथा जानकारी फोटो, अडियो र भिडियोसहित पनि राख्ने गर्दछौं ।