गार्डेन यूबा क्लबको अध्यक्षमा बिनोद निर्वाचित

२०७६ आषाढ १३ , शुक्रबार

पोखरा। पोखरा महानगर पालिका ११ स्थित गार्डेन यूबा क्लबको अध्यक्षमा बिनोद गुरुङ निर्वाचित भएका छन । संस्थाको हालै सम्पन्न अधिबेशनले बिनोदलाई अध्यक्ष सहित नयाँ कार्य समिती निर्वाचित गरेको हो ।

त्यसै गरि क्लबको अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचित भएका मध्ये उपाध्यक्षमा बिकास गुरुङ, सचिबमा सन्तोष कार्की, कोषाध्यक्षमा दिलिप गुरुङ रहेका छन ।

संस्थाको अन्य कार्य समिती सदस्यहरुमा अमृत गुरुङ, योगश गुरुङ, लोक बहादुर गुरुङ, राजेश भुजेल र गोबिन्द बहादुर भट्टराई रहेको क्लबले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष बिनोदका अनुसार अब क्लबको बैठक चाँडै बसेर खेलकुद र अन्य सामाजिक कृयाकलापका गतिविधीहरु अगाडी बढाउने बताए । नवनिर्वाचित अध्यक्ष गुरुङ फुटसल संघका केन्द्रिय उपाध्यक्ष समेत हुन ।

यस अघि उक्त क्लबको अध्यक्षमा हाल एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस