मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई नेविसंघले देखायो कालो झण्डा

२०७६ आषाढ २१ , शनिबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई नेपाल विद्यार्थी संघ कास्की क्षेत्रत्र न १ का सभापति सागर रानाभाट लगायतको समूहले कालो झण्डा देखाएका छन् ।

मादी गाऊपालिकाको पाँचौ गाऊँ सभाको सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन कार्यक्रमस्थल जादै गरेका मुख्यमन्त्री  गुरुङलाई कस्सेरी भन्ने स्थलमा नाराबाजी सहित समूहले कालो झण्डा देखाएका हो ।

मादी गाउँपालिकाको नीति तथा बजेटमा एक्लौटी एवं आफु खुशी गरेको विरोधमा मुख्यमन्त्रीलाई कालो झण्डा देखाईएको सभापति रानाभाटले जानकारी दिए । समूहले कार्यक्रमस्थल याङजाकोटमा समेत विरोध गर्ने जनाएको छ ।

यस अघि पाँचौ नगरसभामा गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकलौटी र पूर्वाग्रही भएकोले कांग्रेस निकट जनप्रतिनिधि सहितले सुरुबाटै असहमति एवं विरोध जनाउँदै आएको गाउँपालिकाका लेखा समिती सभापति सरोज केसीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, काँग्रेसको विरोध

प्रतिक्रिया दिनुहोस